दुर्घटनामा एकको मृत्यु १८ घाइते

दाङ, ११ वैशाख । दाङ जिल्लामा आज भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् ।
घोराहीबाट हर्नोक तर्फ यात्रु लिएर जाँदै गरेको रा १ ख १२७ नम्बरको बस सिस्नेखोलामा पल्टिदा रामपुर–४ का शिव परियारको मृत्यु भएको प्रहरीले बताएको छ ।
घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भैरहेको छ । गम्भिर घाईते एक जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ ।

प्रतिक्रिया