तीन ग्याँस उद्योगमा निगमको अनुगमन

काभ्रे, ११ वैशाख । काभ्रेमा रहेका तीन वटा ग्याँस उद्योगहरुमा सुरक्षाको स्थिती र उद्योगहरुले अपनाएको प्राविधिक पक्षका बारेमा आज नेपाल आयल निगमले अनुगमन गरेको छ ।
निगमका निमित्त निर्देशक सुशील भट्टराई नेतृत्वको टोलीले ग्याँस उद्योगहरुले अपनाएको सुरक्षाका बारेमा जानकारी लिएको छ । जनागाल गाविसमा रहेका सगर ग्याँस उद्योग, सूर्य ग्याँस उद्योग र चण्डेश्वरी ग्याँस उद्योगमा टोलीले अनुगमन गरेको हो । ग्याँस उद्योगमा अत्यावसेक ‘फायर कुलिङ्ग’ र ‘वाटर कुलिङ्ग’को अवस्थाका बारेमा विशेष अनुगमन गरिएको टोलीका संयोजक भट्टराइले जानकारी दिए ।
उप निर्देशक मोहन कुमार कार्की र निगमकै करुणा बस्नेतले उद्योगहरुमा फायर कुलिङ्ग’ र ‘वाटर कुलिङ्ग’ हुने गरेको भए पनि चालु अवस्थामा रहेनरहेका बिषयमा आकस्मिक अनुगमन गरेको बताए ।
उद्योगहरुले सिलिन्डरको तौल बढाएर ग्याँसको तौल कम राख्ने, सिलिण्डर भित्र लेदो हुने र ग्याँस कम हुने जस्ता गुनासाहरु आयल निगममा पर्न थालेपछि टोलीले अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा टोलीले सिलिण्डर भित्रको चेकजाँच गर्नुका साथै तौल लिएको थियो ।
काभ्रेका ग्याँस उद्योगहरुमा ३ महिना अघि अनुगमन गर्दा सुरक्षाको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

प्रतिक्रिया