अतिक्रमणकारीले काटिदिए दुवै हात

कैलाली, १० वैशाख । वनको जग्गा अतिक्रमण गरी बसेका मालाखेती–६ का हरि भाट प्रस्तावित सामुदायिक वनकी अध्यक्ष नन्दादेवी कुँवरका दुवै हातमा खुर्पा प्रहार गरेर फरार भएका छन् ।
उनले वनको जग्गासम्बन्धी विवादमा प्रस्तावित मधुमालती सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष कुँवरमाथि खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट कुवँरका दुवै हातमा गम्भीर चोट लागेको छ । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । कुवँरको अवस्था चिन्तामुक्त रहेको भए पनि हातमा गम्भीर चोट लागेकाले उपचारमा समस्या परेको डा. नरबहादुर मौनीले बताएका छन् ।
मदिरा सेवन गरेका भाटले तारबार लगाउने ‘तँ होस्’ भन्दै कुँवरलाई खुर्पा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । भाट वनको जग्गा अतिक्रमण गरेर बस्दै आइरहेको अत्तरिया रेन्जपोस्टका रेन्जर दिनेश यादवले बताए ।
अस्पतालमा उपचार गराइरहेकी कुँवरले भाटलाई कारबाहीको माग गरेकी छन् । कैलालीका एसपी वसन्तकुमार पन्तले पीडित पक्षले प्रहरीमा जाहेरी नदिएको बताए । उनले भाटको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया