आप्पाले भने, ‘सुप पर्यटकका लागि उत्कृष्ट स्थल’

कैलाली, १० वैशाख । पूर्वको ताप्लेजुङको घुन्साबाट हिमाली जिल्लाको भ्रमणका लागि हिडेको विश्व कीर्तिमानी आरोही आप्पा शेर्पा सहितको पदयात्री टोली ९९ दिनको पैदल भ्रमण सम्पन्न गरी धनगढी पुगेको छ ।

भ्रमणको २२ औं तथा अन्तिम दार्चुला जिल्लामा पुगेर आप्पा टोली शनिबार साझ धनगढी पुगेको हो । जलवायु परिर्वतनका कारणले हिमाली र पहाडी क्षेत्रमा परेको नकारात्मक असर बारे विश्वको ध्यानाकर्षण गराउन र द ग्रेट हिमाल ट्रेलका मार्फत् यो मार्गलाई विश्वको उत्कृष्ट गन्तव्यको रुपमा चिनाउन आप्पा टोली गत माघ १ गते हिमाली जिल्लाको पदमार्गमा निस्केको थियो ।

निर्धारित समय २१ दिन अगावै आप्पा टोलीले अर्थात् ९९ दिनमै यो पदमार्गको भ्रमण सकेको भ्रमण दलका संयोजक तथा विश्व कीर्तिमानी शेर्पाले बताए ।

टोलीमा दुई पटक सगरमाथा आरोहण गरेका दावा शेर्पा, क्लाईमेट च्याम्पियन सौरभ ढकाल, फोटोग्राफर समिरजंग थापा तथा दुईजना विदेशी नागरिक सहितको टोली रहेको छ ।

२१ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आप्पाको नेतृत्वमा पदयात्रा टोलीले सुदूरपश्चिमका बझाङ, बाजुरा र दार्चुला जिल्ला लगायत २२ वटा हिमाली जिल्लाको पद यात्रा सम्पन्न गरेको छ  ।

जलवायु परिवर्तनको असर तथा सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको बारे पैदल हिडेर जानकारी लिएकोमा आज धनगढीको डोभोटीले आप्पा टोलीको सम्मान तथा बिदाई गरेको छ ।

ताप्लेजुङदेखि हिमाली जिल्लाको बाटो हिड्दै आप्पा टोलीले पहाड र हिमालमा बसोवास गर्ने समुदायस“ग पनि भेटघाट गर्दै उनीहरुस“ग जलवायु परिवर्तनले पुरयाएको असर बारे छलफल गरेको बताएको छ । दुरदराजका गाउ“गाउ“ पैदलै हिडेका आप्पा टोलीले हिमाली र उच्चपहाडी भेगमा बसोबास गर्ने मानिसहरुको चेतनामा विकास गर्नुपर्ने बताउदै उनले जलवायु परिवर्तन सम्वन्धी यस भेगका बासिन्दाहरुलाई जानकारी नभएकोले यस सम्बन्धी जानकारी दिनुपर्ने बताएका छन् ।

सुदूरपश्चिममा पनि धेरै मनमोहक पर्यटकीय क्षेत्र रहेका छन् । यी पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सके सुदूरपश्चिम पर्यटकको लागि आर्कषक गन्तब्यस्थल बन्ने आप्पाले बताए । उनले सुदूरपश्चिमलाई खाली नकरात्मक कुराबाट मात्र चिनिन्ने गरेको बताएका छन् ।

अब आफूले यस क्षेत्रको पर्यटकीय क्षेत्रका बारेमा प्रचारप्रसार गरी उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन पहल गर्ने बताए ।

टोलीले ताप्लेजुङदेखि दार्चुलासम्मको एकहजार चार सय ४९ किलोमिटरको यात्रा सम्पन्न गरेको छ । यद्यपि यो टोलीको एकसय २० दिन पैदल हिडेर एकहजार पाच सय ५५ किलोमिटरको यात्रा गर्ने लक्ष्य रहेको थियो । मौसममा आएको खरावीका कारण यात्रा केही छोटो हुन पुगेको टोलीका सहभागीहरुले बताए ।

टोली आजै काठमाडौं फर्केको छ । काठमांडौंमा आप्पा टोलीले पैदल यात्रामा निष्कदा राष्ट्रपति रामवरण यादवले दिएको नेपाली राष्ट्रिय झण्डा सोमबार एक कार्यक्रमका बीच पुनः राष्ट्रपतिलाई दिएर पैदल यात्रा समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया