सिंगापुर करातेमा गंगालाई स्वर्ण

काठमाडौं । सिंगापुर खुला अन्तर्राष्ट्रिय करातेमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । सिंगापुरमा भएको उक्त प्रतियोगितामा नेपाली खेलाडीले एक स्वर्णसहित सात पदक जितेका छन् ।
११औं दक्षिण एसियाली खेलकुद -साग) की स्वर्णधारी गंगादेवी अधिकारीले महिलाको ५५ केजीमाथि नेपाललाई स्वर्ण दिलाइन् । पुरुषको ६० केजीमा ११औं सागका रजतधारी विनोद महर्जन, ६९ केजीमा मुकुन्द महर्जन तथा ८४ केजीमा दिगम्बर पन्तले रजतपदक जिते । त्यस्तै महिलाको ५५ केजीमुनि रोजी नगरकोटीले रजत चुमिन् । पुरुषको ५५ केजीमा ११औं सागका स्वर्णविजेता सुनील लामाले कांस्य प्राप्त गरे । पुरुषको एकल कातामा पर्शुराम बाँस्तोला तेस्रो भए ।

प्रतिक्रिया