राजावादीसग मिल्यो भन्नु मिथ्या आरोपः गुरुङ

चितवन, ९ वैशाख । एकीकृत माओवादीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अध्यक्ष पुष्पकमल दहालले आफूहरुलाई राजावादीसग मिल्यो भन्नु मिथ्या आरोप रहेको दाबी गरेका छन् ।
चितवनमा आजदेखि सुरु भएको नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघको पहिलो राष्ट्रिय भेलामा पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यका समुहका नेता गुरुङले दाहालले पालुङटार बैठकको सहमतिलाई विषयान्तर गरी अगाडि बढेर आफूहरुलाई उल्टो आरोप लगाउन तम्सिएका दाबी गरे ।
राष्ट्रियता र देशको सार्वभौमसत्तामा केन्द्रित भएर अगाडि बढाउन सुझाउ“दा दाहालले समर्पणवादी बाटो अपनाएर आफूहरुलाई शान्ति र संविधान बिरोधी भएको आरोप लगाएको गुरुङको जिकिर थियो ।
उनले सेना समायोजनको आधारभूत विषयमा नै बेठिक भएको बताए । नेपाली सेनामा माओवादी लडाकुको सम्मान सहितको प्रवेश नगराई प्रचण्डले सेना परिचालन गरेर आत्म समर्पणको नीति अपनाएको उनको आरोप थियो ।
नया“ संविधानको लागि विवादित राज्य पुनर्संरचनाको विषयमा भने तीन ठूला मध्ये कुनै पार्टीले समर्पण गरेमात्रै सहमतिको संभावना रहेको उनले बताए । संघीय राज्य सामुहिक नेतृत्व प्रणाली अन्तर्गत जनताप्रति प्रतिवद्ध रहने गरी निर्माण भएमात्रै मान्य हुने उनको भनाई छ ।
माओवादी नेता गुरुङले सर्वमान्य संघीय प्रणालीको लागि दलहरुले जिम्मेवार भएर सोच्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया