जातीयराज्य की सबैलाई देउः होइन भने कसैलाई नदेउ

काठमाडौं, ९ वैशाख । बिभिन्न जातीय संघ संगठनहरुले राज्य पुनर्संरचना गर्ने क्रममा जातीय राज्य बनाउन माग गरिरहेका समयमा क्षेत्री समाज नेपालले सबैलाई मिलाएर जातीयता बिहिन संघीयतामा जान सुझाव दिएको छ ।
समाजले आज काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरेर जातीय राज्यले मुलुकलाई बेफाईदा हुने भन्दै पहिचान, सामथ्र्य लगयातका आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने माग गरेको छ । उसले जातीय राज्य बनाउने हो भने नेपालमा रहेका एक सय एक जातीलाई अलग÷अलग राज्य दिनुपर्ने तर्क गरेको छ ।
जातीय राज्यको बिपक्षमा रहेको जनाएको समाजले पीडित समूदायलाई सहयोग गर्नु राज्यको दायित्व रहेको भन्दै कसैलाई समस्या छ भने देश र अन्य समूदायलाई असर पर्ने गरेर निर्णय गर्न नहुने माग गरेको छ ।
उसले जातीय राज्य बनाउने हो भने आफूहरुलाई पनि जातीय राज्य चाहिने माग गरेको छ । यद्यपि समाजले जातीय राज्य नबनाउन जोड दिएको छ ।
मुलुकमा नेवार, गुरुङ, मगर, तामाङ, राई, लिम्वुलाई राज्य दिईन्छ भने क्षेत्री वा गन्धर्व लगायतका जातजातिलाई पनि त्यो अधिकार हुनुपर्ने भन्दै समाजले राज्य र बिभिन्न राजनीतिक दलहरुसँग प्रश्न गरेको छ ।
समाजका अध्यक्ष वीरबहादुर पहाडा क्षेत्रीले अल्पसंख्यक गन्धर्व, मुस्लिम लगायताक सानो समूहलाई बिभिन्न जातीय संगठनहरुले ओझेलमा पारेको आरोप लगाए । उनले अब सबै समूदायको अधिकारका लागि क्षेत्री समाजले पहल गर्ने बताएका छन् ।
उपाध्यक्ष योगेन्द्र कार्कीले पनि जातीय राज्यले देश र जनतालाई सहयोग नमिल्ने बताएका छन् । उनले जातीय राज्य बनाउने निर्णय भए आफूहरुले आन्दोलन छेड्ने चेतावनी दिए ।
महासचिव कुमार खड्काले पनि जातीय राज्य बनाउन अभिब्यक्ति दिने नेता र राजनीतिक दलहरुको आलोचना गरेका छन् । उनले प्रमुख दलका शीर्ष नेताहरुलाई जातीय राज्यका पक्षमा निर्णय नगर्न आग्रह गरे ।

प्रतिक्रिया