संविधान बन्छ ढुक्क हुनुसः मन्त्री महतो

जनकपुर,८ वैशाख । स्वास्थ्य मन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भए मात्रै मुलुक स्वस्थ्य रहने बताएका छन् ।

धनुषा जिल्लाको कनकपट्टी गाविसमा आजदेखि सञ्चालित दुइ दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटनमा मन्त्री महतोले संविधान निर्माण प्रक्रियामा सकारात्मक प्रगति भएको बताए ।

उनले अब संघीयता सहितको संविधान बन्ने विश्वास पलाएको बताए ।

मुलुकको स्वास्थ्य अवस्थामा व्यापक सुधारको आवश्यकता औँल्याएदै मन्त्री महतोले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

प्रतिक्रिया