चेल्सीसँग बार्सा स्तब्ध

लन्डन, ७ वैशाख । दुईतिहाइ समय बल नियन्त्रणमा राखे पनि साविक विजेता बार्सिलोना युरोपियन च्याम्पियन्स लिग सेमिफाइलनको पहिलो लेगमा बुधबार चेल्सीलाई १-० को नतिजा सुम्पँदै घर फर्किएको छ । उत्कृष्ट फिनिसिङको नमुना देखाएर इङलिस क्लब चेल्सीले पाहुना टोलीलाई अनुमानविपरीत स्तब्ध पार्‍यो ।
पहिलो हाफको इन्जुरी समय सकिन लाग्दा डिडियर ड्रोग्वाले निणर्यक गोल गरेका हुन् । मिडफिल्डमा ‘डि्रबलिङ’ गरिरहेका लिओनेल मेसीबाट बल खोस्दै प|न्क लाम्पार्डले काउन्टर एटयाकमा रेमिरेसलाई पास दिएपछि उनीबाट आइभरिकोस्टका विश्वचर्चित स्टार ड्रोग्वाले बल पाएका थिए ।
‘हाम्रो उत्कृष्ट प्रदर्शनमध्येको एक खेल थियो आज ।’ रोमाञ्चक जितपछि चेल्सी कप्तान जोन टेरीले भने, ‘हामी धैर्य भयौं किनभने सुरुको १०/१५ मिनेट हाम्रो खुट्टामा बल नै परेन ।’ खेलभर एकपटक मात्र गोलपोस्टको प|mेमभित्र पर्ने गरी आक्रमण गरेको चेल्सी त्यसमा चुकेन र जितका लागि सोही गोल निणर्ायक भयो । यस खेलमा बार्सिलोनाले ७२ प्रतिशत बल नियन्त्रणमा राखेको थियो । सुरुआतबाटै खेलमा हाबी देखिएको स्पेनिस टोली बार्सिलोनाको प्रहार पहिलो १० मिनेटमै क्रसबारमा लागेर फर्किनु नै दुर्भाग्य रहयो । नवांै मिनेटमा एलेक्सिज सान्चेजले गरेको प्रहार त्यसरी असफल भएपछि साविक विजेता टोली सुरुआती अग्रता लिन असफल भएको थियो । बार्सिलोनाले १४ महिनायता यस प्रतियोगितामा पहिलो हार व्यहोरेको हो । बार्सिलोना सन् १९९० पछि लगातार दुईपटक विजेता बन्ने पहिलो टोलीको अभियानमा छ । पछिल्लोपटक यो सफलता एसी मिलानले हात पारेको थियो ।
राम्रो प्रदर्शन गरे पनि बार्सिलोनाको प्रहारलाई असफल पार्न चेल्सीको सुदृढ डिफेन्स उत्तिकै महत्त्वपूर्ण रहयो । खेलमा पछि परेलगत्तै आक्रामक बनेको बार्सिलोनाका लागि पहिलो हाफको इन्जुरी समय सकिन केही सेकेन्ड बाँकी छँदा सेस्क फेबि्रगासले गरेको प्रहार गोललाइनबाट आस्ले कोलले क्लियर गरेका थिए ।
चेल्सी डिफेन्डर गेरी काहिल र जोन टेरीको प्रदर्शन सराहनीय रहयो । घरेलु लिगबाहेकका प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको चेल्सीका लागि जोन टेरीले जारी सिजनमा ६३ गोल गरिसकेका तीनपटकका फिफा वर्षखेलाडी लिओनेल मेसीलाई पटक-पटक निराश पारे । पछिल्ल्१५ खेलमा मेसी दोस्रोपटक खेलमा गोल गर्न असफल भएका हुन् ।
जारी युरोपियन च्याम्पियन्स लिगमा फाइनल पुग्ने टोलीको टुंगो आगामी साता लाग्नेछ । आ-आफ्नो मैदानमा बार्सिलोनाले चेल्सी र रियल म्याडि्रडले बायर्न म्युनिखको सामना गर्नेछन् । यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा जर्मन मैदानमा उत्रिएको स्पेनिस क्लब रियलले २-१ ले पराजय व्यहोरेको थियो । यसै साता मात्र घरेलु फुटबल प्रतियोगिता एफए कपको फाइनल पुग्दै लिभरपुलसँगको भिडन्त तय गरेको चेल्सीले बार्सिलोनाविरुद्धका पछिल्ला ६ खेलमा हार व्यहोरेको छैन । अन्तिमपटक सन् २००९ को संस्करणमा बार्सिलोना भ्रमणमा निस्किएको चेल्सीले गोलरहित बराबरी खेलेको थियो तर घरेलु मैदानमा भएको सेमिफाइनलकै भिडन्तमा १-१ को बराबरी भएपछि चेल्सी अवे गोलका आधारमा बाहिरिएको थियो । त्यतिबेला रातो कार्ड पाउँदै बाहिरिएका ३४ वषर्ीय ड्रोग्वाको मुहारमा बुधबार छुट्टै खुसी देखिएको थियो । ‘तीन वर्षअघिको त्यस घटनापछि हामीले धेरै सिकेर सुधार पनि गर्‍यौं,’ ड्रोग्वाले भने, ‘आजको नतिजाबाट सन्तुष्ट छौं र बार्सिलोनाको मैदानमा गएर पनि थप गोल गर्ने प्रयासमा छौं ।’ कम्तीमा दुई गोलको अन्तरमा जित हात पारे मात्र बार्सिलोना पछिल्ला चार संस्करणमा तेस्रोपटक फाइनल पुग्नेछ । जित हात पारे पनि दुवै टोलीको फाइलन पुग्ने सम्भावना बराबरी रहेको चेल्सी प्रशिक्षक रोबर्टो डी माटेओले बताए ।

प्रतिक्रिया