पूर्वनेताको अन्तर्वार्ता

हामी दिनदिनै नेताको नाम जप्छौ । नेता आयो भने आङ्खना सारा काम थाती राखेर उसको भव्य स्वागत गर्छौं, केही झरिहाल्छ कि भन्ठानेर । उसले पनि यै मौका हो भन्ठानेर झूठा आश्वासनको चौका, छक्का सबै हान्छ । हामी पर्रर ताली पिट्छौ । ऊ ‘म्यान अफ द म्याच’ कहलिन्छ । विदेशबाट आएको मौसमी चराझै नेता फुर्र आफ्नो कारमा उडेर बेपत्ता हुन्छ । त्यसपछि उसको नाकमुख हेर्न पनि प्रचण्डपुत्रको एभरेस्ट यात्राझै साह्रै गाह्रो पर्ने हुन्छ । नेताको कारले मलद्वारबाट त्याग गरेको धुवा र धुलो ग्रहण गर्दै हामी आङ्खनो फोक्सो बलियो पार्छौं । के नेताको परिभाषा यति मात्र हो त ? ‘हरि अनन्त हरि कथा अनन्ता’ भनेजस्तै नेताको चरित्र त त्यस्तो महासागर हो, जसमा डुबुल्की मार्न सके तपाईं हामीले अनेक प्रकारका मोती र रत्न प्राप्त गर्न सक्छौ । आङ्खनो जीवनलाई धनधान्यपूर्ण नभए पनि धन्य–धन्यचै अवश्य पनि सक्छौ ।
अचेलको यो बेमौसमी भनौ वा कुटायमको वर्षाले मेरो मगजमा कुनै पूर्वनेताको अन्तर्वार्ता लिने विचार अचम्मसग रातारात पलाएर आयो । टुप्पोबाट पलाएको मान्छेझै । त्यसो त आफूले पठाएका कैयौ शिष्य मन्त्री भए । ठूलो कुर्सी र चिल्लो गाडीमा चिप्लन पाएपछि मन्त्री भएको चेलोले झोला भिरेर फुटपाथमा लुखुर–लुखुर हिड्ने गुरुलाई देखेर पनि नदेखेजस्तो गर्नु जाड खादाखेरि चुरोट तान्नुजस्तै अति नै सहज स्वाभाविक प्रक्रिया हो ।
त्यसैले भूत भइसकेको अर्थात् भूतपूर्व नेतालाई समाएर उसकै अन्तर्वार्ता लिउ भन्ने सद्विचार पलाएपछि मैले दिन–रात एक गरेर एक थान नेतालाई खोजी छाडे । कोलम्बसले नया संसार, आर्किमिडिजले नया सिद्धान्त, आइन्स्टाइनले स्याउ तल नै किन झर्छ उडेर माथि किन जादैन भन्ने रहस्यको भेदन गरेपछि–ती सबैलाई जे–जति खुसी लाग्थ्यो होला, सबै खुसी मैले एकमुष्ट पाए । आज आफूले खोजेकै बेलामा नेलझेल पार्नु भनेको हामीजस्ता झारपातका लागि परम सौभाग्यको विषयवस्तु हो मैले भूतपूर्व नेताको दर्शन पाउनासाथ प्रश्नहरूको पुष्पदृष्टि सुरु गरिहाले । भूत भए पनि जवाफ नदिएर उनले सुख पाए त ?
प्रश्नः नेताजी † तपाईंले दुहुनो गाईजस्तो राजनीतिलाई किन चटक्कै छाड्नुभयो ? गल्तीले त्यागको भावना त आएन ?
भूत नेताः गाईले दूध दिन छाडेपछि के गर्ने त ? नेता भएर गाईको भकारो सोहोरेर बसिराख्ने ? मलाई त्यस्तो मूर्ख नेता नठान्नुस् । म त साह्रै चुतिया नेता पो हु त † हरामी नम्बर वान †
प्रश्नः तैपनि क्यै खास कारण ?
भूत नेताः मैले आङ्खनो पालामा कमाउनसम्म कमाए । पछि त म अघाए । कति कमाउनु ? बैराग लागेर आयो । अचेलका नेताझै जिन्दगीभरि कुर्सीमा थेच्चिराख्नु मैले उचित ठानिन । राम्रै गरेछु † बेलैमा बुद्धि पुर्‍याएछु । धेरै लोभ गर्‍या भए अहिले अख्तियारले अठ्याउथ्यो । खाएपछि पचाउन सक्नुपर्छ । अचेल त खान्छन्, छेर्छन् †
प्रश्नः तपाईंले यसरी चटक्कै राजनीति छाडेपछि यसभित्रका जनता टुहुरा भए नि त † यी विचरा अब कसका शरणमा जान्छन् ? रानू हराएका माहुरीझै भएनन् त ?
भूत नेताः तपार्इंको यो एउटा प्रश्नको म दुइटा जवाफ दिन्छु । व्यापारमा एउटा किन, अर्को फ्रीमा लैजाउको पारामा । पहिलो जवाफ त के हो भने मैले राजनीति जनताका लागि गरेकै होइन । नेपालमा जनताका लागि राजनीति गर्ने चलन न पहिले थियो, न अहिले छ । कसैले पनि जनताको भलो होस् भन्ने चिताएर राजनीति आजसम्म गरेनन् । अनि मैले किन राजनीतिको त्यो प्राचीन परम्परालाई तोड्ने यो मेरो पहिलो जवाफ भयो । अब दोस्रो जवाफ सुन्नुस् ।
जसरी सदियौ पुरानो राजतन्त्र मासिएर पनि देश चलेकै छ, ठीक त्यसैगरी कालो नेता जान्छ, गोरो नेता आउछ । नेता भनिने जन्तु त रक्तबीज जस्तै हो । एउटा नेता मरेपछि त्यसका रगतले हजारौ नेता जन्मन्छन् । म भूत भएर हटे पनि प्रेत भएर नया–नया नेता प्रकट भइरहन्छन् । नेताको अनिकाल पर्दैन । हिन्दीमा भन्छ नि, तपाईंले पनि सुन्नु भा होला– बेवकूफों की कमी नहीं गालिव, एक ढूंढो हजार मिलते हैं †
प्रश्नः अब यो देशको हालत के होला त ?
भूत नेताः भुटान, सिक्किम, दार्जिलिङजस्तो सुन्दर हिल स्टेसनको रूपमा सीमित हुन बेर छैन । हामी नेता छदा जे–जति बेइमानी गरे पनि हामीमा राष्ट्रियताचै थियो है । अचेलका नेता त भात नेपालमा खान्छन् अनि पान सुपारी खान दख्खिनतिर लाग्छन् । यै पारा हो भने भोलि भुटान हुन के बेर †
प्रश्नः अब के गर्नुपर्ला त भूतपूर्व नेताजी ?
भूत नेताः अब फेरि अर्को क्रान्ति चाहिन्छ । त्यो क्रान्ति कुनै पार्टी वा व्यक्तिको हितका लागि नभएर देशको हितका लागि हुनुपर्छ । अनि मात्र देश बाच्छ । हेर्नुस्, यो कुरो मैले एकाबिहानै एक पेग मात्र खाएर भनेको हु । त्यसैले यसलाई सोह्रैआना साचो मान्नु होला । रक्सी खाएको बेलामा म झुटो बोल्दिन । लौ त अब म लागे पनि, कति काम छ †

प्रतिक्रिया