अन्तरिम संविधान पुनः संशोधन गर्ने निर्णय

काठमाडौं, ७ वैशाख । सरकारले अन्तरिम संविधान संशोधन गर्न प्रस्ताव व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले अन्तरिम संविधानको धारा–७० लाई संशोधन गर्ने निर्णय गरेको स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए ।

उनले भने, ‘नयाँ संविधान जारी गर्ने प्रक्रिया छोट्याउन अन्तरिम संविधानको धारा ७० संशोधन गर्ने निर्णय भएको छ ।’

धारा–७० अनसार प्रक्रियामा जाँदा जेठ–१४ गते भित्र नयाँ संविधान जारी गर्न कठिन हुने भएपछि सरकारले संविधानसभाका सबै दलहरुको सल्लाह र सुझावमा अन्तिरिम संविधान संशोधन गर्ने निर्णयमा पुगेको हो ।

धारा–७० मा नयाँ संविधान जारी गर्दा सबै बिषय पारित गर्दै जानु पर्ने हुन्छ ।

त्यसै गरेर सरकारले झापाका पत्रकार यादव पौडेलको हत्या छानबिनका लागि पूर्व प्रधानन्यायाधिश केशवप्रसाद बस्यालको संयोजकत्वमा न्यायिक छानविन समिति बनाएको छ ।

पत्रकार पौडेलको चैत–२२ गते राति हत्या भएको थियो । समितिले एक महिना भित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउनु पर्ने छ ।

सगरमाथा आरोही ८१ वर्षीय मीनबहादुर शेरचनलाई पनि सरकारले १० लाख रुपियाँ उपलब्ध गराएको छ ।

प्रतिक्रिया