चिनिया वस्तुको मूल्य बढ्ने

काठमाडौं, ६ वैशाख । चीनको मुद्रा युआन डलरसग अधिमूल्यन भएपछि नेपाल आउने चिनिया सामान पनि महगो हुने भएको छ । चीनसग अमेरिकाको व्यापारघाटामा वृद्धि भएपछि अमेरिकाले चिनिया मुद्रा युआनलाई लचकदार बनाउन आग्रह गरेको थियो ।
पिपुल्स बैंक अफ चाइनाले सोमबारबाट लागू हुनेगरी अमेरिकी डलरसग युआनको विनिमयदर एक दिनमा एक प्रतिशतले तलमाथि हुन दिने निर्णय गरेको थियो । यसअघि एक दिनमा शून्य दशमलव पाच प्रतिशतले मात्र डलरसग युआनको विनिमयदर घटबढ हुनसक्ने केन्द्रीय बैंकको अनुमति थियो । यसअघि मे ००७ मा डलर युआन कारोबार श्रेणी शून्य दशमलव तीन प्रतिशत मात्र थियो ।
गत वर्ष चीनसग नेपालको व्यापारघाटा करिब ५२ अर्ब रुपिया थियो । चीनको केन्द्रीय बैंकले डलरसग युआनको मूल्य लचकदार बनाएपछि चीनको मुद्रा डलरको तुलनामा अझ बलियो भएको छ ।
मंगलबार डलर–युआन विनिमयरदर ६ दशमलव ३० युआन पुगेको छ । चीनको केन्द्रीय बैंकले सोमबार यो दरलाई ६ दशमलव २९ युआन तोकेको थियो । ‘युआन बलियो भएपछि नेपाल आउने चिनिया सामानको मूल्य पनि बढ्नेछ,’ अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालले भने । नेपालमा अहिलेसम्म चिनिया मुद्रा युआन परिवत्र्य विदेशी मुद्राका रूपमा स्वीकार गरिएको छैन । हाल नेपालमा चिनिया पर्यटकको आगमन बढिरहेका बेला नेपाल चीनबीचको व्यापारघाटा कम गर्न पनि चिनिया मुद्रा युआनलाई परिवत्र्य मुद्रामा स्वीकार गर्नुपर्ने हुन्छ । युआनलाई परिवत्र्य मुद्रामा परिवर्तन गर्न चीनसग सहमति भइसके पनि हालसम्म कार्यान्वयन नभएको डा. प्याकुर्‍यालले बताए । अमेरिकी डलरलाई युआनको तुलनामा एक प्रतिशतसम्म तलमाथि गर्न दिने चिनिया केन्द्रीय बैंकको यो नीति अल्पकालीन मात्र भएको उनले जानकारी दिए ।
अर्का अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले चीनले युआनलाई कमजोर बनाएर विश्वबजारमा चीनको व्यापार अभिवृद्धि गर्न खोजेको भए पनि अमेरिकाको तीव्र दबाबपछि युआनलाई लचकदार बनाउन बाध्य भएको बताए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको अर्थतन्त्रको आकारअनुसार युआनको मूल्य बढ्नुपर्ने तर्क अर्थशास्त्रीहरूले गर्दै आएका थिए । चीनले आºनो मुद्रालाई सकेसम्म दबाएर कमजोर बनाउने नीति लिएको थियो । अमेरिकामा चीनस“गको व्यापारघाटा बढ्दै गएपछि अमेरिकाले विश्वव्यापार संगठनमा चीनविरुद्ध एन्टी डम्पिङ कानुनको उल्लंघन गरेलगायतका आरोप लगाएर मुद्दा दायर गरेको थियो । अमेरिकाको तीव्र दबाबपछि चीन आºनो मुद्रालाई लचकदार बनाउन सहमत भएको हो ।
नेपालमा विशेषतः चीनबाट घरायसी विद्युतीय सामग्री र लत्ताकपडाहरू आउने गरेको छ । लत्ताकपडा मूल्य लचकदार वस्तु भएको हुदा युआनको मूल्य बढ्दा नेपालमा भित्रिने यी कपडाको मूल्य पनि बढ्ने डा. अधिकारीले बताए ।
त्यसैगरी चीनमा विगतका तुलनामा लागत पनि बढेको पाइएको छ । युआनसग नेपाली मुद्राको विनिमयदर दुई वर्षअगाडि नौ रुपिया रहेकामा हाल १३ रुपियाको हाराहारीमा रहेको छ । चीनले अझ उदार अर्थतन्त्रलाई अवलम्बन गरेको प्रदर्शन गर्न युआनको विनिमयलाई अझ लचकदार बनाएको अधिकारीहरू बताउछन् ।
हालै एसियाको अर्को ठूलो अर्थतन्त्र जापानले चीनको युआनलाई लचकदार बनाउने नीतिको स्वागत गरेको छ ।

प्रतिक्रिया