यसैले रोजे दुईतिहाइ लडाकुले अवकाश

॰  चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनका ब्रिगेड कमान्डर शरणलाई नेपाली सेनाका एक जवानले भने, ‘ओए ब्रिगेड कमान्डर, खैनी दे त’ त्यस क्षणदेखि शरणको मन कुडियो र उनले स्वैच्छिक अवकाश रोजे ।
॰   दोस्रो डिभिजनका ब्रिगेड कमान्डर हेमबहादुर राई र प्रेमबहादुर राईलाई पनि नेपाली सेनाका जवान र अधिकृतहरूको व्यवहार मन नपरेपछि उनीहरूले अवकाश रोजे । हेम त नेपाली सेना शिविरमा पठाउने पार्टीको निर्णयपछि दिक्क भएका छन् । अब उनले खेतीपातीमा सीमित हुने सोच बनाएका छन् ।
माथिका दृष्टान्तले देखाउछन्, नेपाली सेनाको नियन्त्रणमा रहेका लडाकु शिविरको भित्री अवस्था । पहिले करिब नौ हजारको संख्यामा समायोजन रोजेका दुईतिहाइ लडाकुले पुनःवर्गीकरणमा अवकाश रोजे । स्रोतका अनुसार अवकाश रोज्नेहरूको यो लर्को नेपाली सेनाको व्यवहारकै उपज हो ।
हुन पनि लडाकु शिविरमा सेना प्रवेश गरेको पाच दिन पुग्दा पनि अधिकांश शिविरका लडाकु र सेनाबीच सम्बन्ध सुमधुर हुन सकेको छैन । शिविरको सुरक्षामा सेना खटिएपछि गेट बाहिर–भित्र गर्दासमेत आङ्खनै शिविरमा परिचयपत्र देखाउनुपर्दा लडाकुले अपमान नै महसुस गरेका छन् । समायोजन रोज्ने लडाकुले पनि आङ्खनो तह र भविष्य अन्योलमै रहेको महसुस गरेका छन् । सेनाले आङ्खनो खटनपटनमा लडाकुसग परामर्श गरेका छैनन् भने लडाकु नम्र देखिएकामा शिविरमा खटिएका सैनिकहरूले सहज महसुस गरेका छन् । ‘सेनामा जाने ठूलो इच्छा थियो’ इलामको चुलाचुली शिविरबाट समायोजन रोजेका लडाकु सेक्सन सहकमान्डर भोला महतो समायोजनका नाममा भर्ना प्रक्रियाबाटै जाने काम हुदा चित्त दुखेको बताए । शिविरमा मेजर दीपक श्रेष्ठको नेतृत्वमा एक सय २७ सेना खटिएलगत्तै सेनाको खटनपटनपछि लडाकुको मनोबल पनि गिरेको केही लडाकुले बताए ।
शिविरको भौतिक पूर्वाधार, हतियार र सुरक्षामा सेना खटिएका छन् । चुलाचुलीकै सहकमान्डर रामबाबु थापालाई समेत परिचयपत्रविना शिविर छिर्न नदिएपछि सेना र लडाकुबीच कटुता भए बढे पनि दुवै पक्षले लुकाउने प्रयास गरेका छन् ।
यस्तै, तेस्रो डिभिजन शक्तिखोरका ब्रिगेड सहकमान्डर धनञ्जय शर्मासग पनि जनमुक्ति सेनामा हुदाको जस्तो जोस र उमंग छैन । शक्तिखोरस्थित तेस्रो डिभिजनको हतियार राख्ने कन्टेनरनजिकै रहेको सेना समायोजन विशेष समितिको सचिवालय नजिकै बसेका शर्माको अनुहार उदास छ । समायोजन रोजेका शर्माले सेनाले शिविर नियन्त्रणमा लिएपछि असहज नभएको प्रतिक्रिया दिए पनि भविष्य अन्योलमै रहेको बताए । उनले भने, ‘समायोजनमा जाने नजाने पक्का गरेको छैन ।’
चितवनको शक्तिखोर शिविरमा २८ चैतमा साझ सेना प्रवेश गरेको थियो । सेना प्रवेश गरेको एक सातामा शिविरको माहोल फेरिएको छ । पिएलएका कम्ब्याट पोसाक लगाएका लडाकुको सट्टा गेटमा सेन्ट्री सेनाका जवान बसेका छन् । नेपाली सेना प्रवेशपछि अधिकांश लडाकुले शिविर छाडेका छन् ।
६ सय २७ समायोजनमा जाने सूची रहे पनि शक्तिखोरमा एक सय लडाकु भेट्टाउन मुस्किल छ । लडाकु बस्ने घरमा सैनिक बसेका छन् । ‘शिविर त खालीजस्तै छ ।’ भरतपुरको ब्यारेकबाट शिविरको कमान्डमा खटिएका सेनानी विजय श्रेष्ठले भने, ‘यहाको धनजनको भौतिक सुरक्षा दिइरहेका छौ ।’ उनले सुरक्षाको काममा लडाकुबाट कुनै समस्या नआएको बताए । अहिले शिविरमा भरतपुर ब्यारेकका दुई कम्पनी सैनिकले सुरक्षा दिइरहेका छन् ।
नेपाली सेनाको टोली शिविरमा पुग्दा सुर्खेत दशरथपुरस्थित छैटौ डिभिजनका ब्रिगेड कमान्डर गंगाबहादुर घर्ती सशंकित भए । सेना हतियारसहित डिभिजनमा छिरेपछि घर्तीलाई पुनः १० वर्षे युद्धको सम्झना आयो । उनले अब के हुने हो भन्ने त्रास बढेको बताए ।
‘सेना डिभिजनमा आएको पहिलो दिन जेठाजु र बुहारीजस्तो सम्बन्ध थियो’ उनले भने, ‘सुरुमा न उनीहरू हामीसग बोले, न हामी नै उनीहरूसग बोल्यौ ।’ उनले दुवै सेनाको उद्देश्य देशको सुरक्षा गर्ने र मुलुकमा जारी शान्ति प्रक्रियालाई टुंग्याएर संविधान निर्माणमा सहयोग पु¥याउनु भएकाले मिलेर अघि बढ्ने बताए ।
केही लडाकुले सेनाको व्यवहार सन्तोषजनक नभएको गुनासो गरेका छन् । छैटौं डिभिजनका बटालियन कमान्डर नवराज केसीले नेपाली सेनाले जंगी शासनको जस्तो व्यवहार देखाएको बताए । उनले भने, ‘हामीले समान व्यवहार गरे पनि उनीहरूले भने त्यस्तो गरेका छैनन् ।’ लडाकु सामान लिएर भित्र बाहिर गर्दा मूल गेटमा रहेका सैनिकले आदेशात्मक व्यवहार गर्ने गरेको उनले बताए । समायोजन हुदा पनि सैनिकले यस्तै व्यवहार गर्ने चिन्ताले अधिकांश लडाकुले स्वैच्छिक अवकाश लिएको उनले दाबी गरे ।
समायोजन रोजेका पा“च सय २४ लडाकु र दाङबाट गएका एक सय सैनिक दहवनमा एउटै मेसमा खान खान्छन् तर छुट्टाछुट्टै सुत्छन् । सैनिक एउटा भवनमा र लडाकु अर्को भवनमा । सुत्ने मात्र होइन, हिड्ने, बोल्ने, बस्ने र घुम्ने पनि छुट्टाछुट्टै हुन्छ दहवनमा । ‘नेपाली सैनिक आफ्ना धुनमा हुन्छन्,’ एक लडाकुले भने, ‘हामी आफ्नापुराना साथीसग हुन्छौ, सैनिकबारे चासो हुदैन ।’ ‘बाहिर घुमेर शिविरभित्र जा पनि परिचयपत्र देखाउनु पर्छ,’ उनले भने, ‘शिविरभित्रको ढुंगा, माटो र इटाले चिनेको छ तर सेनाले परिचयपत्र मागेरै छाड्छ ।’

 

प्रतिक्रिया