तिब्बतमा सुधारप्रति दलाई लामा आशावादी

हवाइ, ५ वैशाख । निर्वासित तिब्बती नेता दलाई लामाले चीन र तिब्बतमा राजनीतिक सुधार हुने संकेत देखिएको बताएका छन् । अर्को ‘सांस्कृतिक क्रान्ति’ रोक्न चिनिया“ सरकारले राजनीतिक सुधारका कार्यक्रम लागू गर्न सक्ने सम्भावना रहेको धारणा उनले व्यक्त गरेका छन् ।
‘सन् २००८ मा सात हजार मानिसको मृत्यु अथवा बेपत्ता गराउनेखालको ‘सांस्कृतिक क्रान्ति’ तिब्बतमा फर्किंदै छ,’ अमेरिका पुगेका दलाई लामाले भने । ‘तर, तिब्बतका स्थानीय अधिकारी बन्दुकका उपासक छन् । माओ जेदोङले सत्ता बन्दुकको नालबाट निस्कन्छ भनेका थिए, केही ‘हार्डलाइनरहरू’ अझै माओकै मान्यतामा अडिएका छन्,’ उनले भने ।
गत महिना चिनिया प्रधानमन्त्री वेन जियाबाओले ‘राजनीतिक र आर्थिक संरचनागत सुधार’ बाहेक चीनसग अर्को बाटो नरहेको बताएबाट आफू तिब्बतमा राजनीतिक सुधार लागु हुनेप्रति आशावादी भएको उनले बताए । (एजेन्सी)

प्रतिक्रिया