बालगृहका बालिकामाथि यौन दुव्र्यवहार

काठमाडौं, बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै बासबारीस्थित मर्निङ स्टार चिल्ड्रेन होम नामक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । उक्त आरोपमा कास्कीको चिप्लेढुङ्गा–४ का ४९ वर्षीय विष्णु पराजुली र ४५ वर्षीया मुना पराजुलीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार विष्णुले बालगृहमा रहेका १३ देखि १५ वर्षसम्मका बालिकामाथि यौन दुव्र्यवहार गर्दै आएका थिए । यस कार्यमा विष्णुकी पत्नी मुनाले समेत साथ दिदै आएकी थिइन् । एक प्रहरीले भने,‘यौन दुर्बलता भएपछि मुना श्रीमान्लाई बेलुका किशोरीको कोठामा सुत्न पठाउने गर्थिन् ।’ (सौस)

प्रतिक्रिया