सहमतिका लागि वैशाख ११ गते सम्मको समय

काठमाडौं, ५ वैशाख । संवैधानिक समितिले संविधानका बिवादित विषयमा सहमति जुटाउन बिवाद समाधान उपसमितिलाई एक साताको समय उपलब्ध गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले वैशाख ११ गते सम्मका लागि उपसमितिलाई सहमति जुटाउन समय दिने निर्णय गरेको सभापति नीलाम्वर आर्चायले जानकारी दिए ।

उनका अनुसार दलहरु बिवादित बिषयमा सहमति जुटाउन केही हदसम्म सफल भएकाले उनीहरुले माग गरे अनुसार समय उपलब्ध गराएको बताए ।

उपसमिलिले आज सम्ममा बिवादित बिषयमा सहमति जुटाई सक्नुपर्ने थियो । अन्यथा मतदानको माध्यमबाट बिवादित बिषयलाई टुङगो लगाउने बताईएको थियो ।

यस अघि आजै बिहान बसेको बिवाद समाधान उपसमितिले पनि आफूलाई समय अपुग रहेको भन्दै केही समय माग गर्ने निर्णय गरेको थियो ।

संवैधानिक समितिको निर्णय अनुसार कार्यव्यवस्था समितिले उपसमितिलाई एक साताको समय उपलब्ध गराउने छ ।

दलहरुका बीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्यायप्रणाली लगायतमा मत भिन्नता छ । उनीहरुले ती मतभिन्नतालाई हटाउन सहमतिको नजिक पुग्न लागेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया