राष्ट्रले पारिजातको सम्मान गर्न सकेन

काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री बाबुराम भटटराईले साहित्य क्षेत्रमा पारिजातको बैचारिक तथा कलात्मक योग्दानको राष्ट्रले सम्मान गर्न नसकेको बताएका छन् ।

पारिजातले स्मृति केन्द्रले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले विश्वको साहित्य जगतमा पारिजातले पुरायाएको योगदानको कदर नभएको बताए ।
उनले अब सरकारले उनको योगदानको स्मरण गर्ने बताएका छन् ।

साहित्यकार पारिजातको स्मृतिमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । विक्रम सम्बत १९९४ सालमा भारतको दार्जिलिङ्गमा जन्मेकी विष्णुकुमारी वाईवा पारिजात उपनामबाट नेपाली साहित्यमा धेरै कृति लेखेकी छन् ।

उनले लेखेका धेरै चर्चित कृति मध्ये शिरिषको फूल मुख्य मानिन्छ । पारिजातको निधन विक्रम सम्बत २०५० साल बैशाख पाँच गते अर्थात आजकै दिन भएको थियो ।

प्रतिक्रिया