सहमति निकाल्छौः दाहाल

काठमाडौं, ५ वैशाख । युवा सभासदहरुको टोलीले संविधान निर्माणका क्रममादेखिएका बिवादित बिषयमा छिटो सहमति खोज्न दबाव दिदै धर्ना दिएका छन ।

संसद सचिवालयस्थित राज्य व्यवस्था समितिको कार्यकक्ष नजिकै आज धर्ना दिएका सभासदहरुको टोलीले संविधानका बिवादित बिषयमा छिटो सहमति खोज्न आग्रह गरेका छन् । सो स्थानमा बिवाद समाधान उपसमितिको बैठक बसेको थियो ।

धर्ना बसेका सभासदसंग एमाओवादी अध्यक्ष तथा उपसमिति संयोजक पुष्पकमल दाहालले भोली सम्म धैर्य गर्न आग्रह गरेका छन् । उनले भने, ‘छलफल चलिरहेको छ, भोली सम्म धैर्य गर्नुस, सहमति हुन्छ ।’

उपसमिति बैठक बसेको कार्यकक्ष नजिकै झण्डै दैर्जन सभासदले धर्ना दिएपछि अध्यक्ष दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल लगायत उपसमितिका सदस्यहरु उपस्थिति भएर धर्ना अन्त्य गर्न अग्रह गरेका थिए ।

उपसमितिको आग्रह पछि धर्ना बसको सभासदहरु हटेका थिए । बिभिन्न दलमा आबद्ध युवा सभासदहरुले शान्ति र संविधानका लागि प्रमुख दलहरुलाई दबाव दिदै आएका छन् ।

प्रतिक्रिया