संविधानमा सहमति खोज्ने बैठक जारी

काठमाडौं, ३ बैशाख । शान्ति प्रकृयालेगति लिनासाथ प्रमुख दलहरुको आज अइतबार देखि नै संविधान निर्माण तर्फ केन्द्रीत भएका छन् ।
प्रमुख दलहरु एमाओवादी, केांग्रेस, एमाल र मेधसीमोर्चा शीर्ष नेताहरुको बैठक आइतवार दिनको १ बजेवाट ललितपुरको हात्तीवनमा शुरु भएको छ ।
विवादित सबै बुंदामा होटलमा रातै बसेर भएपनि सहमति खोज्ने उद्देश्यले उत्त बैठक आयोजना गरेको दलका नेताहरुले जनाएका छन् ।
संविधान निर्माणमा रहेका विवादित विषयमा सहमति खोज्नुपर्ने बैशाख ५ गते भित्रको समय सिमाका कारण पनि दलहरु गम्भीर छलफलमा केन्द्रीत भएका हुन ।
दलहरुको बीचमा शासकीय स्वरुप,राज्य पुर्नसंरचना, न्यायपालिकार निर्वाचन प्रणाली लगायतका विषयमा सहमति हुन सकेको छैन ।
गोप्या भनिएको उक्त बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दहाल,प्रधानमन्त्री बाबुराम भट्टराई, शान्ति प्रकि्रया र संविधान निर्माण प्रक्रिया प्रति असहमत एमओवादी उपाध्यक्ष मोहन बैद्य,महासचिव रामबहादुर थापा, देव गुरुङ, हितमान शाक्य र  अर्का उपाध्यक्ष नाराणकाजी श्रेष्ठको सहभागिता रहेको छ ।
बैठमा नेपाली कंग्रेसका सभापति शुसिल कोइराला, उपसभापति रामचन्द्र पोडेल, महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, मृगेन्द्र रिजाल, शेरबहादुर देउवा, मिलेन्द्र निधी र अर्जुननरसिं के.सी लगायतका नेतको सहभागिता रहेको छ भने एमालेका तर्फवाट अध्यक्ष झलनाथ खनाल,बरिष्ठ नेता माधव नेपाल, महासचिव इश्वर पोखरेल,उपाध्यक्ष, बामदेव गौतम, केपी ओली, सुरेन्द्र पाण्डे, भिम रावल लगायतका नेताको सहभागिता रहेको छ ।
त्यसैगरी बैठकमा मधेसीमोर्चाको तर्फवाट विजयकुमार गच्छेदार, महेन्द्रराय यादव, ऋदेश त्रिपाठी, राजकिशोर यादव लगायतका नेताको सहभागित रहेकोछ ।  रिसोर्ट स्रोतका अनुसार रिसोर्टका २५ वटा कोठा उक्त बैठकको लागि बुक गरेको पनि जनाइएको छ ।

प्रतिक्रिया