बम बिस्फोटबाट श्रीमान/श्रीमतीको मृत्यु

कैलाली, १८ चैत । बैतडीको कटौजपानी गाविस २ मा बम बिस्फोट हुँदा दुई जनाको मृत्य भएको छ । एक जना महिला घाइते भएकी छन् ।

बम बिस्फोटमा परी सोही गाविस २ बडीयाका ५० वर्षीय दानसिंह भाट र उनकी ४३ वर्षीया श्रीमती लालमतीको मृत्यु भएको हो । बिष्फोटबाट ३५ वर्षीया कमला भाट घाइते भएकी नन् ।

आज बिहान करिब साढे ११ बजे घर पोत्ने बेलामा एक्कासी बम बिस्फोट हुँदा उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बम निकै शक्तिशाली भएकाले मृत्तकहरुका शरीरको टुक्राटुक्रा भएर टाढा टाढासम्म फैलिएको प्रहरी भनाई छ ।

घटनास्थल भन्दा दुई घण्टाको पैदल दूरीमा रहेको श्रीकोट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालत गरिएको बैतडी प्रहरी कार्यालयले जनाएको छ । बम सशस्त्र द्वन्द्वका बेला छुटेको हुनसक्ने प्रहरीको प्रारम्भिीक अनुमान छ ।

प्रतिक्रिया