‘चैत मसान्त सम्म हतियार र लडाकु बुझाउनुपर्छ’

विराटनगर, १८ चैत । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सेना समायोजन विशेष समितिको निर्णय अनुसार चैत ३० गते भित्र समायोजनमा जाने माओवादी लडाकुलाई नेपाली सेनाको जिम्मा लगाउनुपर्ने बताएका छन् ।

उनले बिशेष समितिको सहमति कार्यान्वनय ईमान्दारिताका साथ कार्यान्वनय भए संविधान तोकिएकै समयमा जारी हुने बताए ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले बिशेष समितिमा भएको सहमति अनुसार काम गरिए तोकिएकै समयमा शान्ति र संविधान टुङगिन कुनै समस्या नरहेको बताए । कन्टेनरमा रहेका माओवादी लडाकुका हतियारपनि चैत मसान्तसम्म राज्यलाई बुझाउनु पर्ने पौडेलको भनाई छ ।

नेता पौडेलले शान्ति प्रकृया टुगिएमा मात्रै तोकिएको समयमा सविधान जारी हुने अन्यथा त्यसको दोष माओवादी लिनुपर्ने बताए ।

प्रतिक्रिया