ट्राफिक प्रहरी कार्यालयको भवनमा बम विष्फोट

जनकपुर, १८ चैत । महोत्तरीको जलेश्वरस्थित ट्राफिक प्रहरी कार्यालयमा आज बिहान अज्ञात समूहले शक्तिशाली बम विष्फोट गराएको छ ।

बम विष्फोटबाट ट्राफिक प्रहरी कार्यालयको भवन क्षतिग्रस्त बनेको छ भने भर्‍याङ र शौचालय घर पूर्णरुपमा भत्केको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुरज केसीले बताए । बिहान करिव साढे २ बजे ठूलो आवाजका साथ भएको विष्फोट पश्चात जलेश्वरवासी त्रसित बनेका छन् ।

बम शक्तिशाली भएपनि मानवीय क्षति भएको छैन । कार्यालयमा नायब निरीक्षक सहित ८ जना प्रहरीहरु बस्दै आएका थिए ।

विष्फोट गराइएको ट्राफिक कार्यालय नजिक दुई सय मिटर पूर्वमा प्रमुख जिल्ला अधिकारीको निवासका साथै सशस्त्र प्रहरी सीमा सुरक्षा वेशक्याम्प रहेको छ ।

प्रतिक्रिया