‘रमाइलोका लागि मदिरा पिउँछु’

तपार्इंको व्यक्तिगत जीवन कत्तिको खुसी र सुखी छ ?
– म एकदमै खुसी हुने मान्छे हु । म आङ्खनो कामको पूजा गर्छु र अरूलाई गुनासो गर्दै नहि“ड्ने भएकाले आङ्खनो कामबाट खुसी हुने गर्छु । त्यसकारण मेरो जिन्दगी खुसी छ ।
शिव गाउलेको दुःख के हो ?
– समय व्यवस्थापन गर्न नसक्नु मेरो दुःखद् पक्ष हो । यसले मेरा धेरै व्यावसायिक काम प्रभावित भएका छन् तर पनि व्यवस्थापन गर्न प्रयत्नशील छु ।
खुसी नि ?
– खुसी त म धेरै छु । म चित्त नबुझेको र मन नपरेको काममा हातै नहाल्ने कारणले धेरै काममा म दुःखी हुन्न । जे काम गरिरहेको छु, त्यसबाट धेरै सन्तुष्ट छु ।
कतिबेला भावुक बन्नुहुन्छ ?
– मानवीयता जोडिएका मुद्दा र कसैको अपमानले मलाई भावुक बनाउछ । अरूलाई पनि अपमान गर्न चाहन्न र आफू पनि अपमानित भएको सहन सक्दिन । मानवीयतासग जोडिएका समाचार, विचार, टिप्पणी वा जानकारीले मलाई बढी भावुक बनाउने गर्छ ।
कतिबेला उत्तेजित हुनुहुन्छ ?
– नभएको कुरा, नभएको अभियोग लगाएको, कसैले कसैलाई मर्यादाहीन आरोप लगाएको सुन्दा बढी आवेशमा आउछु ।
कतिबेला संयमित हुनुहुन्छ ?
– बुझेर आलोचना गरेको कुराले मलाई संयमित बनाउ“छ । म आफूले गरिरहेको कामको समग्र पक्ष र अवस्थाबारे आलोचनात्मक कुरा बढी सुन्न चाहन्छु । प्रशंसा गर्न बुद्धि चाहिदैन तर आलोचना गर्न बुद्धि चाहिन्छ । तर्कसहितको आलोचना मलाई मन पर्छ ।
कतिबेला रुनुहुन्छ ?
– सीमा नाघेका मानवीयताविरुद्धका कुरा, क्रूरता प्रकट गर्ने समाचार, टिप्पणी, विचार पढेपछि, सुनेपछि म आफूलाई रोक्न सक्दिन । मानिसको हत्या, बेपरवाह आक्रमण जस्ता कुराले मलाई आफूलाई सम्हाल्न गाह्रो बनाउछ ।
जिन्दगीमा कहिले सबैभन्दा बढी रुनुभएको थियो ?
– धेरै रोएको त याद छैन किनकि मैले त्यो पृष्ठभूमिको धेरै सामना नै गर्नुपरेन तर मदन भण्डारीको मृत्युताका म धेरै भावुक भएको थिए । जीवनमा धेरै डाको छाडेर रोएको अनुभव पनि धेरै छैन ।
तपाईंको कमजोर पक्ष के हो ?
– अरूलाई तुरुन्त विश्वास गर्नु । बेइमानीपूर्वक र नियतवश कुनै व्यक्ति मलाई बर्बाद बनाउन लागिरहेको होला भनेर कहिल्यै विश्वास गर्दिन । साना, सहज र ठूला कुरासम्म कसैले भन्यो भने म तुरुन्तै विश्वास गर्छु । मलाई झूट र बेइमानीपूर्वक कुनै कुरा गर्न आउदैन र अरूले पनि त्यसरी कुरा गरिरहेका होलान् भनेर ठान्दिन । म चाडै प्रभावित हुन्छु र विश्वास गर्छु । अहिलेको समयमा यो मेरो कमजोरी हो भन्ने लाग्छ ।
तपाईंको सबल पक्ष ?
–म पत्रकारिता पेसामा भएकाले जुनसुकै कुरालाई मसिनोसग बुझ्ने प्रयत्न गर्छु । यसमा कुन समाचार हो र कुन प्रपोगान्डा हो भन्ने मलाई थाहा हुन्छ । प्रपोगान्डा कसरी समाचार बनिरहेका छन् भने छुट्याउन सक्ने क्षमता मसग छ । इस्युहरू म पहिचान गर्न सक्छु ।
तपाईंको आदर्श ?
– म शान्तिपूर्ण संवादमा विश्वास गर्छु । हिंसामा विश्वास गर्दिन । आलोचनात्मक ढंगले हुने बहस र छलफलमार्फत समाज परिवर्तन हुन्छ र अघि बढ्छ भन्नेमा म विश्वास गर्छु । मेरा ठूलाठूला सपना र आदर्श छैनन् ।
तपाईंका मन पर्ने पत्रकार को–को हुन् ?
– मैले पत्रकार महासंघमा किशोर नेपालजस्ता पत्रकारसग काम गर्ने अवसर पाए । पत्रपत्रिकामा रघु पन्त, कनकमणि दीक्षित, राजेन्द्र दाहाललगायतसग काम गर्ने अवसर पाए । त्यो परिवेश नै मेरो पत्रकारिताको विश्वविद्यालय थियो । म युवराज घिमिरे, रवीन्द्र मिश्रलगायत लेखक र पछिल्लो पुस्ताका सम्पादक मित्रसग संवाद गर्न मन पराउछु ।
तपाईंको जीवनमा मदिराको स्थान कस्तो छ ?
– म रमाइलोका लागि मदिरा पिउछु, मातेर ढल्न होइन । मदिराको संस्कार र सभ्यतालाई म सम्मान गर्छु । मदिरालाई मनोरञ्जनको रूपमा उपयोग हुनुपर्छ भन्ने म ठान्छु । मेरो जीवनमा मदिराको स्थान रमाइलोको सीमाभन्दा बढी छैन ।
जिन्दगीको अधिकतम सपना के हो ?
– एउटा राम्रो पत्रकार बन्ने र मुलुकको शासन प्रणाली, शासनसत्ताका साथै मानवीय पक्ष जोडिएका सबै विषयवस्तुमा जनपक्षीय भएर कलम चलाउने । एउटा राम्रो पत्रकार मेरो आदर्श हो भने राम्रो पत्रकारिता मेरो लक्ष्य ।

प्रस्तुतिः भीम गौतम

प्रतिक्रिया