‘वर्षैपिच्छे ब्याउदिनँ’

कविता लेख्न छाड्नुभएको हो ?
छाडेको चाहि छैन । नलेखेको मात्रै हो, मनमा त आइबस्छ । मैले आफूलाई भैंसी र गाईसग तुलना गरेको छु । गाई, भैंसी सालिन्दा नब्याएर कोही बेला पाच वर्षमा वा सात वर्षमा एकपटक ब्याउछन्, त्यस्तै भो मेरो कविता लेखन पनि । खुरुखुरु सिर्जना आउदैन मलाई । म भैंसीजस्तै अहाल त खेल्छु तर वर्षैपिच्छे ब्याउदिन । मैले थोत्रा  र  झुर गरेर जम्माजम्मी ५० कविता लेखे होला ।
तपाईंहरू (इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइला)ले उमेरको कुनै ‘तुजुक’मा आएर साहित्यमा थाल्नुभएको ‘तेस्रो आयाम’ आन्दोलन कहा पुग्यो ?
विचार सधै एउटै रहदैन, बरु चिन्तनमा चाहि परिर्वतन आउछ । ‘आङ्खनो सिद्धान्तमा अडिग छु’ भन्नेहरू पनि हुन्छन् । तर, तेस्रो आयाम ‘लेख्ने तरिका’का लागि आएको लेखन हो । चिन्तनको लागि भन्दा पनि कसरी लेख्नुपर्छ ? लेख्ने तरिका र प्रवृत्तिका लागि आएको आन्दोलन हो यो । तर, पछि एउटा वैचारिक आन्दोलनमा पनि परिर्वतन भयो, त्यो हो–सम्पूर्णताको खोजी । मैले तपाईंको अनुहार देख्दा पृष्ठभागको पनि अनुभूति गरेकै हुनुपर्छ । सम्पूर्णलाई बुझेर लेखिने लेखाइ डल्लो हुन्छ । डल्लो भनेको शून्ना । शून्ना भनेको गोलो । गोलो भनेको खण्डित होइन है † पूर्णबाट पूर्ण घटाउनुस्, भाग गर्नुस्, जोड्नुस् त्यसको नतिजा एउटै आउछ । कही पनि थपघट हुन नसक्ने त्यो सम्पूर्णताको खोजी साहित्यको अभीष्ट हुनुपर्छ भन्ने एउटा सैद्धान्तिक कुरा थियो । तरिकामा हेरफेर हुनुपर्छ र यसो भएपछि प्रयुक्त हुने भाषाको संरचनामा पनि हेरफेर हुन्छ भनेर गरिएको आन्दोलन हो त्यो । कुनै पनि कुरालाई ‘बाहेक’ गरेर लेखियो भने अपूर्ण हुन्छ भन्ने चिन्तनले त्यो सुरु गरियो, त्यो चिन्तन अहिले पनि जीवित छ । मैले लेखिन अर्कै कुरा हो । आइबी राई लेखिरहनुभएकै छ । ईश्वरबल्लभले हामीलाई छाडेर परलोक हुनुभयो ।
सन्त कबीर भन्छन्–कवि हुनु छ भने घरमा आगो लगाएर हिड । के तपाईं पनि आगो लगाउने पंक्तिमै हुनुहुन्छ ?
सबै साहित्यकारमा त्यो घटिरहेको हुन्छ । घरमा आगो लगाउनु व्यवहार नष्ट बनाउनु होला । मैले मेरो छोरी कुन क्लासमा पढ्दैछे भन्ने कुरा धेरै वर्षसम्म थाहा पाइन“ । जता बोलायो, उतै कुदिहिड्थे । घरमा कसरी तरकारी पाक्यो ? कसरी मासु पाक्यो ? कसरी चुल्हो बल्यो ? थाहा हुदैनथ्यो । वर्तमान र भविष्यप्रति बेवास्ता थियो, अनि त्यो आगो लगाएरै हिडिएकै त थियो नि ।
जिन्दगीमा कति लेखिसक्नुभयो, अब बाकी  कति छ ?
मैले धेरै लेखेको छैन । धेरै लेख्न बाकी छ । खासमा लेख्न सकेको छैन ।
तपाईंले कविता नलेखेको भए कसलाई घाटा  हुन्थ्यो ?
घाटा त मलाई नै हुन्छ । पाठकलाई त विकल्प अनेक छन् । तर, मैले लेखेका कविताले कुनै झिंगा मारेन, आलु पाकेन, काउली किन्न सकिन । कविता लेख्दा र नलेख्दाको भौतिक हिसाबले कुनै अन्तर छैन । वैचारिक हिसाबले भन्ने हो भने साहित्यलाई केही फरक अवश्य पर्ला । तर, यसले भात, तिहुन, दाल केही पनि दिदैन । अनि, किन लेख्नु भन्ने पनि हुन्छ । मैले आङ्खनो मज्जाका लागि मात्रै लेखेको हु ।
तपाईंलाई कविता र यौवनमा कुन बढी विश्वासयोग्य लाग्यो ?
यौवन भन्ने बीस बाइसको उमेर हो, एकछिनको चिज हो, त्यो क्षणिक लाभ, क्षणिक आनन्द मात्रै हो, कवितासग त्यसको के तुलना गर्नु ।
कविताको ठूलो शत्रु को हो, झुर समालोचक कि झुर कवि ?
पहिलो शत्रु झुर कवि, दोस्रो नम्बरमा मात्रै झुर समालोचक  हुन् । समालोचकले पढेका कुरालाई मूल्यांकन गर्ने मात्रै हो, झुर कविले कवितालाई उसको असली आसनबाट च्यूत गराउछन् । उनीहरू आराधना गर्दैनन् ।
कुन उद्देश्यबाट प्रेरित भएर लेख्न सुरु गर्नुभएको थियो ? पूरा भयो ?
मैले नामकै लोभले लेख्न सुरु गरे । कालान्तरमा समाजमा मेरो नाम अरूले लिन सकुन् भनेरै कविता लेखे ।
सुन्दर कविता र सुन्दर तरुनीमा कुन रोज्नुहुन्छ ?
तरुनी भनेको भोग्ने कुरा हो, कविता सोच्ने कुरा हो । क्षणिक कुराका लागि तरुनी रोज्छु, दिगो कुराका लागि कविता नै रोज्छु ।
तपाईंलाई मनपर्ने कविहरू ?
पुराना कविमा भानुभक्त, कविशिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, मोहन कोइराला, ईश्वरबल्लभ । नया कविमा चाहि (डर लाग्छ, युवा कविले मेरो नाम लिएन, उसको लियो भन्छन् कि ?) श्रवण मुकारुङ गज्जबका कवि हुन् । केही कविमाथि समालोचकको ध्यान गएको छैन, धर्मेन्द्रविक्रम नेम्वाङ, हाङयुग अज्ञात, राजन मुकारुङहरू निकै मन पर्छन् ।
कविता लेखनको प्रारम्भिक खाका कसरी तयार पार्नुहुन्छ ?
यसमा मेरो खास योजना केही हुदैन । हिड्दै गयो, गफ गर्दै गयो, त्यसबेला कुरा आइरहेका हुन्छन्, लेख्छु भन्छु सक्दिन । लेखिहाले भने आइहाल्छ । बिजुली चम्केसरि पनि कविता आउदैन, कुनै स्फुरण होला, कविता लेख्न धेरै दिन र धेरै समय लाग्छ । एकैपटक लेख्न सक्दिन । कुनै कविता लेख्न तीन वर्ष, १० वर्ष वा ३० वर्ष पनि लागेको छ । मनमा जे आयो, त्यही लेखिहाल्दिन । कविता पत्थर हो, त्यसलाई घोटेर, ताछेर र टल्काएर मात्रै बजारमा लैजानुपर्छ ।
पहिलो खाका कोर्नु र परिमार्जन वा पुनर्लेखन गर्नुमा के फरक पर्छ ?
पहिलो खाका लेख्नु सजिलै कुरा हो । पुनर्लेखन गर्दा वाक्य बदलिन्छ । मेरो एउटा कविता तीनपटक छापियो, कुरा एउटै तर वाक्य फरक परेछ ।
कुनै विषय फुर्‍यो भने खाका कोरिहाल्नुहुन्छ ?
कोरिहाल्दिन । मैले लेख्दा अरूले देख्यो भने लेख्नै आउदैन । धेरै विचार गरेर मात्र लेख्न थाल्छु ।
एउटा कविता कतिपटकसम्म पुनर्लेखन गर्नुहुन्छ ?
कुनै पनि कविता १०÷१२ पटकभन्दा बढी पुनर्लेखन गरेको छु । कुनैकुनै त त्यसभन्दा बढी गरे हुला ।
तपाईंको चर्चित कविता ‘मातेको मान्छेको भाषण–मध्यरातपछिको सडकसित’ को नायक तपाईं आफै हो ?
होइन, म त्यस्तो आटी मान्छे होइन । त्यतिबेलाको परिस्थितिमा परिर्वतनका लागि जसले सशस्त्र क्रान्ति गर्न अगाडि आयो, भारतलगायत अन्य देशमा पनि मानवअधिकार, मानवीय मूल्यमान्यताका कुरा आए र समग्र मानव इतिहास बचाउनका लागि जो लड्छ, सबै कुराको सारबाट एउटा मान्छे बनाइयो । म त्यति बलियो भएको भए अहिले यहा हुन्नथे । उहिल्यै मरिसक्थे होला, क्रान्तिमा होमिएर ।
लेखनमा उमेरले कस्तो अर्थ राख्ला ? तीस वर्षे उमेर र अहिलेमा के फरक पर्दोरहेछ ?
तीस वर्षे उमेरमा शारीरिक हिसाबले पनि काम गर्ने जोस, जागर र स्टामिना बढी हुन्छ र नसोची लेखिन्छ । अहिले जोस, जागर र स्टामिना पनि घट्दै–घट्दै गइरहेको छ । बुढो भएपछि बढी सोच्न थालिन्छ र साहित्यिक रचनामा ढिलाइ भइहाल्छ ।
यस्तो कविता, जुन कविता मैले लेख्न पाए हुन्थ्यो भन्ने लागेको छ ?
एउटा नलेखेको कविता नलेखिकनै छाप्ने विचार थियो । लेख्न सकिन भने नलेखिकनै छाप्छु । (लामो हासो )
तपाईंको लेखनमा आवेग र उत्तेजना बढी हुन्छ कि विवेक ?
सामूहिक कुराहरू आवेग र उत्तेजनामा आउछ र लेखिन्छ । तर, बढी विवेक नै प्रयोग गर्छु ।
लेखनमा विषय झुर हुन्छ कि लेखक ?
लेखन झुर होइन कि, म के लेख्दै छु भन्नेमा लेखक प्रस्ट हुनुपर्‍यो । आङ्खनै लागि लेखे पनि उसमा प्रस्टता हुनुपर्‍यो । त्यसरी कलम समात्यो भने उसको लेखाइ पनि झुर हुदैन । विषय त सबै उत्कृष्ट हुन्छ । रुमल्लिएको अवस्थामा लेख्छु भन्यो भने ऊ झुर बन्छ ।
नेपाली साहित्यमा तपाईंलाई आफ्ना कविता कुन स्तरमा छन् जस्तो लाग्छ ?
आफूलाई त राम्रो लेखे जस्तो लाग्छ । तर, पाठकले मन पराइदिदैनन् । पाठकको संख्यामा गन्ने हो भने मोहन कोइरालाभन्दा पनि पछाडि पर्छु होला म त । मोहन कोइराला धेरै एकेडेमिक कवि हुन् । हाम्रो एउटा किताबले घर बन्दैन । मेरो कविता सुनिदिने मान्छे पनि छैनन् कि ?
मृत्युपश्चात् आफ्नो कुन कविता लिएर जान चाहनुहुन्छ ?
मृत्युपश्चात् पनि लैजाने त्यस्तो प्यारो कविता कुनै लेखेको छैन ।
मृत्युपछि पनि कवि भएरै जन्मन चाहनुहुन्छ ?
म चाहन्न । मैले यो जीवनमा कवि भएर कुनै घर ठड्याउन सकिन, केही ठूलो उपलब्धि हासिल गर्न पनि सकिन ।
त्यसोभए बेकार कवि भएछु भनेर दिक्क लाग्छ ?
लाग्छ नि, व्यावहारिक जीवनमा पसेपछि । तर, एउटा रोमान्टिक संसारमा चाहि कवि नै हुन खोज्छु । कवि सबैको आकर्षणको केन्द्र बन्छ ।
तपाईंले कविता लेखेर के भयो ?
लेखेर नोक्सान भएन, फाइदै भयो । खासै राम्रो लेखिन, त्यसै कुलपति भएर यहा बसिरहेको छु । थोरै लेखेर पनि बढी चर्चामा आए । ‘तेस्रो  आयाम’ आन्दोलको ‘नेगेटिभ’  चर्चा बढी भयो र चर्चित भए । अहिले भए मेरो कविता कसैले पढ्दैनथे ।

प्रस्तुतिः दीपक सापकोटा

प्रतिक्रिया