मधेसी मोर्चाको आमसभाको तयारी सम्पन्न

काठमाडौं, १७ चैत । शान्ति प्रक्रिया तोकिएकै समयमा पुरा गरेर संघीयता सहितको संविधान जारी गर्न माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोली राजधानीमा गर्न लागेको प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
मोर्चाको आज सिंहदरबारमा बसेको बैठकमा खुल्लामञ्चमा हुन लागेको कार्यक्रमको समिक्षा भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानाए । उनले आमसभाको सम्पूर्ण तयारी भएको भन्दै बिभिन्न नेतालाई जिम्मेवारी दिईएको बताएका छन् ।
मधेसी मोर्चाले सभालाई व्यवस्थित बनाउन स्वयंसेवक परिचालन गर्नेदेखि बिभिन्न बन्दोबस्तीका सबै कामको जिम्मेवारी बाडफाँड गरेको छ ।
खुल्लामञ्चमा हुने आमसभामा मधेसी मोर्चामा सहभागी पाँचै दलका अध्यक्ष र अन्य तीन जना जनजाती नेताले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष महतोले बताए ।

प्रतिक्रिया