बाबु र छोराको शवमा किरा

नेपालगन्ज, १७ चैत । नेपालगन्ज–१३ भृकृटीनगरको अज्ञात समूहले बाबु र छोराको हत्या गरेको छ । काठको काम गर्ने भारतीय नागरिक ६० बर्षीय लम्बु बर्मा र १२ बर्षीय भोला बर्माको शव आज फेला परेको हो ।

उनीहरुको दुई हप्ता अघि हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शव किरा परेर चिन्न नसकिने अवस्थामा छ । शवको प्रकृति हेर्दा धारिलो हतियारले निधारमा प्रहार गरी हत्या भएको हुन सक्ने बांकेका डिएसपी उदय तामाङ्गले जानकारी दिए ।

हत्या गरिएका लम्बुकी छोरी र उनीहरु संगै बस्ने परिचय नखुलेका रिक्सा चालक एक महिनादेखि बेपत्ता भएका छन । दुवै जना बेपत्ता भए पछि बाबु छोराको हत्या भएकाले परिवारिकै चिनजानका बाट घटना भएको प्रहरीको आशंका । बेपत्ता दुई जनाको खोजी भइरहेको छ ।

बर्मा परिवार बेलभार–२ का हौसिलाल कुर्मीको भृकृटीनगरको पुरानो घरमा बस्दै आएका थिए । घर हेर्न आएका बेला बाबु छोराको शव देखेपछि हौसिलालले प्रहरीलाई खबर गरेका थिए । झ्याल, ढोका बन्द गरिएकाले शवको गन्ध थाहा नपाएको स्थानीयले बताए ।

डिएसपी तामाङ्गले हत्या गरिएको परिवारका बारे बास्तविक परिचय खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाए ।

प्रतिक्रिया