सेनाध्यक्ष बर्खास्त नहुने संकेत

नयादिल्ली, १६ चैत । भ्रष्टाचारको विवादमा मुछिएका भारतका थलसेनाध्यक्ष भिके सिंहलाई बर्खास्त नगर्ने संकेत भारत सरकारले दिएको छ । मुलुकको प्रतिरक्षासम्बन्धी संवेदनशील विषय समेटिएको पत्र सञ्चारमाध्यममा चुहाएको भन्दै विपक्षीले सेनाध्यक्ष सिंहलाई बर्खास्त गर्न सरकारस“ग माग गरेका थिए । तर, भारतीय रक्षामन्त्री एके एन्टोनीले बिहीबार भारतीय सेनाका तीनवटै अङ्ग (जल, थल र वायु) का प्रमुखमाथि सरकारको भरोसा रहेको भन्दै सिंहविरुद्ध कारबाही नगर्ने संकेत गरेका छन् ।
भारतीय सञ्चारमाध्यममा सेनाध्यक्ष सिंहले प्रधानमन्त्री डा. मनमोहन सिंहलाई लेखेको पत्रसम्बन्धी समाचार प्रकाशित भएपछि उनलाई बर्खास्त गर्नुपर्ने माग उठेको थियो । पत्रमा ‘शत्रुको ट्यांकस“ग लड्न चाहिने युद्ध–सामग्री पनि सेनास“ग छैन र हवाई सुरक्षाका ९७ प्रतिशत सामग्री काम नलाग्ने भइसकेका छन्’ भनी सेनाध्यक्ष सिंहले गुनासो गरेको समाचारमा उल्लेख गरिएको थियो । मुलुकको प्रतिरक्षाजस्तो संवेदनशील विषय सञ्चारमाध्यममा चुहाएको भन्दै बुधबार भारतीय राज्यसभामा सेनाध्यक्षलाई बर्खास्त गर्न सरकारस“ग माग गरिएको थियो । सेनाध्यक्षलाई बर्खास्त नगर्ने संकेत गरे पनि रक्षामन्त्री एन्टोनीले पत्र सार्वजनिक भएको विषयमाथि अनुसन्धान गरिने जानकारी दिए । सेनाध्यक्षले लेखेको पत्र कसरी सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे । ‘गुप्तचर ब्युरोले जा“च गरिसकेपछि पत्र चुहाउने मानिसमाथि कडा कारबाही हुन्छ, हामी यस मामिलाको जरासम्मै पुगी पत्र चुहाएर राष्ट्रद्रोह गर्नेलाई पत्ता लगाइछाड्छौ“,’ उनले भने । सेनाको छवि खराब हुने गरी समाचार प्रकाशित नगर्न उनले पत्रकारस“ग आग्रहसमेत गरे । (एजेन्सी)

प्रतिक्रिया