कानुनमा रमाएका विद्यार्थी

समाज जति–जति जटिल बन्दै जान्छ, नीतिनियम वा कानुन पनि त्यति नै कसिला हुदै जान्छन् । सामान्य रूपमा कानुनी शब्दावली सर्वसाधारणका लागि उति सजिला हुदैनन् । कानुन पालना गर्नुपर्छ, सबैलाई थाहा छ तर पनि विभिन्न धारा अनि उपधाराभित्र जेलिएका कानुनी प्रावधान बुझ्नैलाई पनि विशेष अध्ययन गर्नुपर्छ, त्यसैले त कानुन आज छुट्टै विषय बनेको छ, विश्वविद्यालयमा पढाइ हुने । पछिल्लो समय विभिन्न विश्वविद्यालयमा थप परिष्कृत रूपमा यो विषय पढाउन थालियो, युवा पुस्ता यसप्रति थप आकर्षित भइरहेछन् । त्रिभुवन विश्वविद्यालयले छुट्टै आंगिक क्याम्पस बनाएर कानुन मात्र पढाउन थालेको धेरै वर्ष भइसक्यो ।
विभिन्न निजी क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम र शैक्षिक प्रणालीअन्तर्गत पढाउने होड चलिरहेकै बेला त्रिविले पनि नेपाल ल क्याम्पसमा सुरु गरिहाल्यो बिए–एलएलबीको पाचवर्षे कार्यक्रम । त्यही भित्र भेटिन्छन् टिमिक्क मिलेको सेतो सर्टमा टाई झुन्ड्याएका ‘स्मार्ट’ विद्यार्थी । ‘पोहोरदेखि सुरु भएको त हो नि बिए–एलएलबी, हामी त्यसैको दोस्रो ब्याच’ –विद्यार्थी प्रज्ञा अर्यालले सुनाइन् । बालाजु, मनमैजुकी १८ वर्षीया प्रज्ञाले प्लसटुचाहि कमर्समा गरिन् रे † कानुनै किन पढिन् त उनले ? ‘किनकि यो विषय कमैले पढ्दारहेछन् ।’ सीतापाइलाकी १९ वर्षीया आकृति खनाललाई चाहि सानैदेखि कानुन पढ्ने रुचि रहेछ, जुन अहिले आएर पूरा हुदै छ । भन्छिन्– ‘बिए–एलएलबीको पाचवर्षे कार्यक्रम मेरा लागि फाइदाजनक हुदै छ ।’ उनीजस्तै प्लसटु सकेर आएका थुप्रै टिनएजर्स यो कानुनी क्याम्पसको वातावरणभित्र समेटिदै छन् । पुराना विद्यार्थी भन्छन्– ‘बिए–एलएलबीको कार्यक्रम सुरु भएपछि क्याम्पसभित्र पनि नया रौनक पलाएको छ ।’
कानुन पढ्न आउनामा सबैका आ–आङ्खनै कारण र उद्देश्य छन् । ‘महिलाका समस्या हल गर्न म यो विषयलाई युज गर्नेछु’ –तीनकुनेकी १९ वर्षीया बिना गौतमले सुनाइन् । त्यस्तै स्याङ्जाका १९ वर्षीय सतिश अधिकारीचाहि“ प्रचलित ट्रेन्ड ब्रेक गर्न चाहदा रहेछन् । भन्छन्– ‘शैक्षिक योग्यताका लागि मात्र ल पढ्ने परम्परा तोड्न चाहन्छु ।’ अरूले वकिल सा’ब भनेर जिस्क्याएको उनलाई उति मन पर्दो रहेनछ । ‘ल पढेर वकालत नै गर्न पर्छ भन्ने धारणा गलत हो,’ उनलाई लाग्दो रहेछ ।
सहरमा हुर्केका थुप्रै नया पुस्ताले परम्परागत शैली र प्रचलन थाहा पाउन सकेका छैनन्, उति साह्रो चासो पनि राखिहाल्दैनन् । कीर्तिपुरकी १८ वर्षीया कल्की ढकाल भने नेपाली प्रचलित कानुन पढ्न पाउदा फुरुंग परेकी छिन् । काठमाडौं खाल्डोमै हुर्किएकी उनी भन्छिन्– ‘नेपाली मौलिक शब्दहरू सुन्दै पनि मजा आउदो रै’छ । ‘तमसुक’, ‘बकसपत्र’, ‘कबुलियतनामा’ जस्ता प्रचलित कानुनी शब्द थाहा नपाएर हामी पछाडि रहेछौ ।’ बिए–एलएलबीले उनलाई नौलो अनुभव मिलिरहेको छ रे †
प्लसटुबाट आएका यी विद्यार्थीले सरकारी क्याम्पसभित्र हुने विद्यार्थी राजनीतिको स्वाद पनि लिइरहेका छन् । ‘राजनीतिलाई हेर्ने र बुझ्ने मेरो धारणामा चेन्ज आएको छ’ –आकृति मस्किइन् । विद्यार्थी नेतासगै बसिरहेकी बिनाले थपिन्– ‘राजनीति नराम्रो कुरा होइन रहेछ, प्लसटु पढ्दाताकाको सोचाइमा परिवर्तन आइसक्यो ।’
कानुन पढ्दै जादा यी विद्यार्थीले बिस्तारै आफूमा परिपक्वता बढ्दै गएको अनुभूति सुनाए । प्रज्ञा र कल्कीको स्वर मिल्यो– ‘या आएपछि हाम्रो आत्मविश्वास पनि बढ्यो नि †’ बिहान १० बजे आइपुग्नु, प्रत्येक क्लासमा उपस्थित हुनु, फुर्सदमा ल्याब जानु, बे्रेकमा हल्ला गर्दै रमाउनु यी विद्यार्थीको दैनिकी हो । क्लासमा अनुभवी शिक्षकका लेक्चर सुन्दा खुब आनन्द आउछ रे † ‘पढाउने शैली नि राम्रो छ, अ.. एउटा सरले त सायरी पनि भन्नुहुन्छ,’ कल्की रमाइन् । अरू सबै हासे ।
क्याम्पस लाइफ हो, आम्दानीको बाटो हुदैन । रहरहरू उत्तिकै हुन्छन्, पैसा त चाहिन्छ नै । यी विद्यार्थीचाहि कसरी म्यानेज गर्लान् त ? उनीहरू सबैका भनाइमा अभिभावकले दिने पकेट खर्च पुग्दो हुदैन रे † ‘यस्तो महगी छ, कसरी पुर्‍याउनु दिनको एक सय रुपियाले ?’ प्रज्ञाले प्रश्न गरिन् । पकेट खर्चमध्ये धेरैजसो त नोट फोटोकपी गर्दैमा सकिन्छ रे । ‘मेरोचाहि चियाखाजामै बढी सकिन्छ’, सतिशले भने । ‘बिचरा, मलाई पनि खुवाउछ कहिलेकाही,’ कल्की मुस्कुराइन् ।
सहरमा कलेजहरूको कमी छैन । सबै आ–आफ्नै विशेषता अनि विषयका । सरकारी कलेज बनेर उभिएको नेपाल ल क्याम्पसभित्र अहिले निजी कलेजको झल्को दिने गरी शैक्षिक क्रियाकलाप भइरहेको रहेछ । बिए–एलएलबीबारेमा धेरैले थाहा नपाएका होलान् तर अब आकृति, प्रज्ञा, कल्की र सतिश यसको महत्व सबैलाई बुझाउन सक्ने भइसकेका छन् ।

प्रतिक्रिया