कमिसनका कारण निगम जहाज विहिन

काठमाडौं, १६ चैत । पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले कमाउने धन्दाका कारण बर्षौसम्म नेपाल वायुसेवा निगमले जहाज खरिद गर्न नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपालले आज राजधानीमा गरेको साक्षत्कारमा मन्त्री विष्टले पटकपटक जहाज खरिदको प्रक्रिया अघि बढेपनि कमिसनको खेल हुने गरेकोले काम हुन नसकेको बताए । ‘कमिसनको चक्करले राष्ट्रिय ध्वजाबाहक जहाजविहिन अवस्थामा पुग्न लागिसक्यो ।’ मन्त्री विष्टले भने ।

ठूला जहाज उत्पादन गर्ने दुई अन्तर्राष्ट्रिय कम्पनीवीचको प्रतिस्पर्धाका कारण पनि जहाज खरिद असहज भएको उनको भनाइ थियो । एयरबस र बोइङ कम्पनीका नेपाली एजेन्टको एक आपसमा हुने झगडाले जहाज आउन नसकेको उनको दावी छ ।

पछिल्लो पटक चिनियाँ जहाज खरिदको प्रक्रिया अगाडी बढेको भएपनि अख्तियारमा मुद्धा परेपछि रोकिएको छ । तर मन्त्री विष्टले भने चिनियाँ जहाज आउने दावी गरे ।

प्रतिक्रिया