विद्यार्थी र प्रहरीबीच झडप (फोटो फिचर)

काठमाडौं, १६ चैत । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि फिर्ताको माग गर्दै बिभिन्न विद्यार्थी संगठनहरुले आज राजधानीका क्याम्पस अगाडी प्रदर्शन गर्नुका साथै केही सवारी साधनमा तोडफोड समेत गरेका छन् ।

चावहिलमा प्रदर्शनमा उत्रिएका विद्यार्थीले बा १ ज  ३६४३ नम्वरको सवारी साधनमा क्षतिपुराएको महानगरीय प्रहरी प्रवक्ता रविराज श्रेष्ठले जनाएका छन् । उनका अनुसार प्रदर्शनमा उदृङखल कार्य गर्ने ५ जना विद्यार्थीलाई घण्टाघरबाट पक्राउ गरिएको छ ।

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडी भएको प्रदर्शनका कारण रत्नपार्क, जमल, दरबारमार्गलगायतका क्षेत्रमा सवारी आवागमन केही समय प्रभावित भएको थियो । प्रशर्दनकारिले ढुङगा प्रहार गरेपछि प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ ।

विद्यार्थीले सवारी साधानमा तोडफोड गर्न लागेपछि क्याम्पस भित्रै प्रवेश गरेर प्रहरीले विद्यार्थीलाई तितरवितर बनाएको थियो ।

त्रिचन्द्र क्याम्पस भित्र र बाहिर सडकमा भएको प्रहरी र विद्यार्थीबीचको झडप । सौर्य सहकर्मी देबकी विष्टले लिएका तस्बिर ।

प्रतिक्रिया