‘१ दिन लम्बियो संविधानसभा बैठक’


काठमाडौं, १६ चैत । राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका अलग अलग दुई प्रतिवेदनको छलफल गर्दै आएको संविधानसभाको बैठक लम्बिएको छ ।

सभासदहरुले छलफलका क्रममा लामो समय लिएपछि बैठक निर्धारित समय भन्दा एक दिन पछि सरेको हो ।

आयोगको प्रतिवेदनमा दैनिक ६ घण्टा छलफल गर्दा समेत समय नपुगेपछि एक दिन समय थप गरिएको सचिवालयले जनाएको छ । सचिवालयले छलफलका लागि दलीय आधारमा समय उपलब्ध गराउदै आएको छ ।

चैतको १२ गतेदेखि सुरु भएको संविधानसभा बैठकमा सोहि दिन अध्यक्ष सुवासचन्द्र नेम्वाङले आयोगका २ अलग अलग प्रतिवेदन पेश गरेका थिए । आयोगको प्रतिवेदनमा छलफलका लागि आज सम्मको समय तोएिको थियो ।

छलफल पछि आउने निष्कर्ष सहित प्रतिवेदनलाई संवैधानिक समितिमा पठाउने कार्यक्रम छ । आयोगको प्रतिवेदनमा छलफल गर्ने क्रममा सभासदको न्युन उपस्थिति रहेको भन्दै आलोचना समेत हुने गरेको छ ।

प्रतिक्रिया