छुट्टा छुट्टै घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक, १६ चैत । सिन्धुपाल्चोकमा भएका छुट्टा छुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
गएराति करेन्ट लागेर बाह्रविसे–४  धार्पाका मिनबहादुर तमाङ र स्याउले– २ का डम्बर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । बाह्रविसे धार्पाका तमाङ गएराति बत्ती निभाउने करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङबाट दुवाचौर–८ का नरबहादुर गिरीको मृत्यु भएको छ । पाल्चोक १ का सीतारमा गिरीको घरमा पाहुना आएका उनका सोही घरमा परेको चट्याङले मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्युत लाईनमा हाइभोल्टेज करेन्ट प्रवाह हुँदा स्याउलेमा तीन र ब्राहविसेमा ५ जना घाइते भएका छन् । गम्भीर घाइते ६० वर्षीय केरबहादुर लामा र ४५ वर्षीया भीमकुमारी लामालाई थप उपचारका लागि काठमाडौ पठाईएको छ । चट्याङले १ दर्जन पशु समेत मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया