‘कान्छी बदनाम भई डार्लिङ तिम्रा लागि’

काठमाडौं , नेपाली चलचित्रमा बलिउडका नाम तथा कथासमेत हुबहु चोरिदै आएकामा अब गीतका शब्दसमेत चोरी हुन थालेका छन् । यसअघि नेपाली चलचित्रमा बलिउडका ट्युनिङ र लय केही मिल्ने गरे पनि यसपालि गीतकार शंकर अधिकारी घायलले भने हिन्दी गीत अनुवादै गरेर नेपाली गीत बनाएका छन् । यसअघि सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला गीत लेखेर चर्चा कमाएका घायलले चलचित्र थ्यांक युका लागि लेखेको नया“ गीतमा हिन्दी गीतको शब्द चोरी गरेका हुन् ।
चोरी गरिएको उक्त गीतको प्रारम्भिक शब्द यस्तो छ– कान्छी बदनाम भई डार्लिङ तिम्रो लागि । जुन हिन्दी चलचित्र दबंगमा रहेको मुन्नी बदनाम हुई डार्लिङ तेरे लिएसग ठ्याक्कै मिल्छ । यससम्बन्धमा जिज्ञासा राख्दा गीतकार घायल आपूmले उक्त शब्द चोरी गरेको स्विकार्छन् । भन्छन्, ‘राम्रो चिजको नक्कल गर्नु नराम्रो होइन । यस्ता क्रिएसन गर्न पाउनुपर्छ ।’ त्यसो त यो गीत कपी गर्नुमा आङ्खनो बाध्यता रहेकोसमेत उनले बताए । उनले भने, ‘निर्माता–निर्देशकले नै सो गीतको नक्कल गरेर शब्द लेख्न भनेका हुन् । जसका लागि गीत लेख्ने हो उसैले त्यो गीत नक्कल गर्नुपर्छ अनि मात्र चल्छ भनेर अह्राएपछि के गर्ने त ?’ उनले थपे, मैले नक्कल नगरिदिएको भए त्यो कामका लागि निर्माता निर्देशकले अन्य गीतकारबाट नक्कल गराएरै छाड्थे ।’
शब्द मात्र होइन, यो गीतको संगीतसमेत लगभग दबंगस“गै मिल्दोजुल्दो बनाइएको बुझिएको छ । चलचित्र चर्चामा ल्याउन निर्माण पक्षले पूरै गीत हुबहु नक्कल गराएको नाम नबताउने सर्तमा सोही चलचित्रका एक प्राविधिकले जानकारी गराए । बाबु बलामीको निर्देशन अनि सुरज प्रधानको निर्माण रहने सो चलचित्र यतिखेर छायांकनको तयारीमा छ । प्रशान्त गिरी, जेनिसा केसी, प्रेषला कटुवाल र सिर्जना सुब्बालगायतको अभिनय रहने चलचित्रमा संगीत ओमप्रकाश राईको तथा द्वन्द्व–निर्देशन निर्देशक बलामीकै रहनेछ । (सौस)

प्रतिक्रिया