रक्तचन्दनसहित ७१ भरिया सार्वजनिक

कैलाली, १५ चैत । जिल्ला प्रहरी कार्यालय बझाङले १२ चैतमा बरामद गरिएको रक्तचन्दनसहित ७१ भरियालाई बुधबार सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूबाट ३६ क्विन्टल ८० किलोग्राम रक्तचन्दन बरामद भएको जानकारी दियो ।
रिठापाटाको बारिलछडाबाट तिब्बत लैजान लागेको अवस्थामा प्रहरीले रक्तचन्दन बरामद गरेको थियो । बोरामा बेरेर राखिएको रक्तचन्दन दुई सय २० गोलिया  छन् । रक्तचन्दन छाडेर भागेका भरियालाई छान्ना क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । भरिया बाजुरा र अछाम जिल्लाका हुन् । बाजुरा कैलाशमाडौ“का दलबहादुर बुढाले ठेकेदार हरि रावलले साइपाल एफएमको टावर भनेर रक्तचन्दन बोकाएको बताए । अर्का भरिया टेकबहादुर थापाले रक्तचन्दनका ठेकेदार बझाङका दिलु बोहरा, गणेश बोहरा र बाजुराका हरि रावलले ल्याएको बताए । रावल नेपाल प्रहरीका हवल्दार भएको उनले बताए । रक्तचन्दन ढुवानीका लागि बाजुरा र अछामका एक सय १२ भरिया परिचालन भएका थिए । तीमध्ये ४१ जना भाग्न सफल भएका छन् ।
बझाङ डिएसपी सूर्यबहादुर केसीले बरामद गरिएको रक्तचन्दन तस्करले भारतबाट गाडीमा ल्याएर कचालीखोलासम्म पु¥याएको र त्यहा“बाट भरियामार्फत ढुवानी गरिएको बताए । प्रहरीले बरामद रक्तचन्दन र भरियालाई बुधबारै जिल्ला वन कार्यालयलाई बुझाएको छ । डिएफओ शिवनारायण यादवले बरामद गरिएको रक्तचन्दन र ढुवानीमा संलग्न भरियालाई कारबाही अगाडि बढाइने बताए । खुला सीमाका कारण तस्करले साइपाल हिमालको नाकाबाट तिब्बतमा रक्तचन्दन तथा अन्य प्रतिबन्धित बहुमूल्य जडीबुटी चोरीनिकासी गर्दै आएका छन् ।

प्रतिक्रिया