‘माथिको आदेशमा’ प्रशासनले उजुरी लिएन

काठमाडौं, १५ चैत । ‘उजुरीमा सहायक सिडिओले सही नै गरिदिएनन्,’ घरबाट निकालिएपछि प्रशासनमा उजुरी दिन गएकी चाबहिल–७ कुमारीगालकी सुशीला जोशीले भनिन्, ‘न उजुरी दर्ता भयो, न परिवारसग बस्न पाइयो ।’
४ फागुनमा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी जोशीको उजुरीमा सहायक सिडिओ बलबहादुर मल्लले हस्ताक्षर नगरेका हुन् ।
उनलाई पतिले बारम्बार मार्ने धम्की दिइरहेका छन् । पतिको धम्कीपछि जीवन रक्षा गरी पाउ“m भनी दिइएको निवेदन प्रशासनले लिन नमानेपछि उनी थप पीडित भएकी हुन् । उजुरी दर्ताका लागि आवश्यक सबै प्रक्रिया पूरा गरे पनि सहायक सिडिओ मल्लले साथीस“गको सम्बन्ध बिग्रने भन्दै ‘अदालत जानू’ भनेका थिए ।
‘पतिका मामा काशीराज आचार्यसगै काम गरेको साथी भएकाले सिडिओले सम्बन्ध बिग्रन्छ भनेर उजुरी दर्ता नै गरेनन्,’ उनले भनिन्, ‘सिडिओले यो साथीसग जोडिएको कुरा भयो, दर्ता गर्न मिल्दैन भनेर फर्काइदिए ।’ आचार्य हाल राष्ट्रपतिको निजी सचिवालयमा कार्यरत छन् ।
सहायक सिडिओ मल्लले ‘माथिबाट फोन आएको ’भन्दै जवाफ दिन मानेनन् । ‘म यो केसमा कडाइका साथ जान खोजेको थिए“ । तलमाथिबाट फोन आयो र यस्तै भयो,’ उनले भने, ‘महिला हिंसाको कुरा भएकाले प्रशासनमा दर्ता गर्न पनि मिल्दैन ।’
पति अशोक भट्टराई र परिवारले सम्पत्ति पनि नदिएर घरमा बस्नसमेत बन्देज लगाएपछि जोशी न्यायका लागि प्रशासन पुगेकी हुन् । उनले यसअघि नै  मेलमिलापको बाटो पूरा गरिसकेकी छिन् । उनका आफन्त, एमाले नेत्री विद्यादेवी भण्डारीलगायत अन्य नेताले मिलाउन खोज्दा पनि पति र परिवारले उनलाई स“गै राख्न नमानेका हुन् । ‘राति १२ बजे कुटपिट गर्थे, सासूससुराले पनि सघाउथे, अनि छोरालाई पनि भेट्न दिदैनथे,’ उनले भनिन्, ‘चरित्रहीनताको आरोप लगाएर मलाई घरबाट निकाले ।’
उनका दुई छोरा नौ वर्षका बिटल्स र आठ वर्षका रियाज छन् । असोजदेखि कान्छो छोरा रियाजस“ग माइतीमा बस्दै आएकी उनलाई जेठो छोरासग भेट्न दिइएको छैन । ‘माइतीमा बस्दा बिटल्सलाई स्कुलमा भेटेकी थिए“, १४ माघदेखि छोरा स्कुल पनि आएको छैन,’ उनले भनिन्, ‘छोराको खोजीमा २ फागुनमा घरमा जादा पतिले खुकुरी
लिएर लखेटे ।’
अधिवक्ता पदम रोकाले उजुरी शान्तिसुरक्षा र जीवन रक्षाको भएको बताए । ‘उजुरीको विषय नै शान्तिसुरक्षा र जीवन रक्षा भएकाले सिडिओ पन्छिन मिल्दैन,’ रोकाले भने । राष्ट्रपति कार्यालयको दबाबमा सिडिओले उजुरी लिन नमानेपछि पीडित जोशीले न्याय नपाएकी हुन् । छोराको खोजखबर गरिदिन उनले सिविन नेपालमा निवेदन दिएकी छन् ।

प्रतिक्रिया