भोक मेट्न विषालु उन्यू खाँदा…

चितवन (कोराक), १५ चैत । ०६७ साल पुस महिनाको १७ गते । चन्द्रलाल चेपाङको घरमा अनिकाल लागिसकेको थियो । तीन दिनअघि मात्रै छोराछोरीका लागि चार माना कनिका छाडेर चन्द्रलाल बहिनीको मुटुको उपचारका लागि काठमाडौं गएका थिए । चन्द्रलालकी श्रीमती जनुमाया पनि बहिनी भेट्न मनहरीतर्फ लागेकी थिइन् ।
जेठो छोरो वसन्त पनि घरमा थिएन । उनी कोराक–८, धारापानीमा रहेको घरबाट धादिङतिर कमाउन गएका थिए । जेठी छोरी १३ वर्षकी सुमिताले बिहान कनिकाको खोले पकाइन् । १० वर्षकी शर्मिला, आठ वर्षका मिलन र ६ वर्षकी जुनाले खोले बाडीचुडी खाए । शनिबारको दिन १० बजेतिर खोले खाएर उनीहरू एक हल गोरु र चार पाचवटा बाख्रा चराउन पश्चिमतर्फको जंगल गए । अनिकालका बेला घरमा खाजा खान आउने कुरै भएन । सुमिताले दिनभर गोरु र बाख्रा हेरेर बसेको बताइन् । उनले गोरु चराइछन्, शर्मिलाले बाख्रा । मिलन सगै थिए । आधापेट खोले खाएर दिनभर गोठालो गर्दा भोक त लाग्ने नै भयो । अरू दिन उनीहरु बारीको डिलमा रहेको किम्बु, अमलालगायत फल खान्थे । ‘तर, त्यसदिन भने भोक
थाम्न नसकेर मिलनले आफूलाई बाख्राजस्तै सोचे क्यारे †’ मिलनका बाबु चन्द्रलालले विगत सम्झिए, ‘अरू घा सजस्तै सोचेर उसले विषालु उन्यू खाएछ ।’
उनका अनुसार तरकारी खाने निहुरोजस्तै त्यो उन्यू हातमा लागे पनि पोल्छ । गाईवस्तुले त खादैनन् । भोक मेट्न घाससमेत नचिनेर त्यही उन्यू खादा मिलनको ज्यान गयो । ‘४ बजेतिर घास खाएछ । त्यै भएर होला उसले दुई डल्लो घास नै छादेको थियो,’ चन्द्रलालले भने, ‘छादेर बारीमै पल्टेछ । शरीरभरि हरियो घासको छाद लागेको थियो । छादेर प्राण पनि फाल्यो ।’ छिमेकीले मिलनको प्राण गएको देखेपछि काठमाडौंमा रहेका चन्द्रलाललाई टेलिफोनबाट सम्पर्क गरे । तब चन्द्रलाल साझ ४ बजे काठमाडौंबाट गाडी चढेर मध्यरात एक बजे घर पुगे ।
छोरा मरेको खबर उनले न कतै दिए न त भोकमरीका कारण ज्यान गएको खबरै सार्वजनिक भयो । उनले भने, ‘जिल्ला लैजाने कि भन्ने कुरा भा’थ्यो । फेरि गाउका साथीभाइसग छलफल गर्‍यौं । छोराको ज्यान त गइसक्यो । अब जिल्ला लगेर के नै होला भन्ने लाग्यो । अनि गाड्यौ ।’

अनिकाल–पीडितलाई सहयोग
काठमाडौं, १५ चैत । अन्न नहुदा भोकभोकै बाच्न विवश चितवन जिल्लाको कोराक गाविस वडा नम्बर
८ धारापानीका चेपाङ समुदायका लागि हेल्प नेपालले एक लाख रुपिया“बराबरको सहयोग उपलब्ध गराउने
भएको छ ।
सौर्य दैनिकको बुधबारको अंकमा अनिकालको मार खेपिरहेका चेपाङ समुदायबारे समाचार प्रकाशन भएपछि हेल्प नेपालले उनीहरूलाई सहयोग गर्ने भएको हो । हेल्प नेपालका संस्थापक रवीन्द्र मिश्रका अनुसार चितवनको मितेरी फाउन्डेसनमार्फत सो रकमबराबरको खाद्यान्न चेपाङबस्तीमा उपलब्ध गराइनेछ ।
सौर्य दैनिकले पनि अनिकालमा परेका चेपाङ समुदायका लागि खाद्यान्न संकलन अभियान थालेको छ । समाचार प्रकाशन भएपछि शुभेच्छुक तथा पाठकको सुझाब तथा आग्रहमा अनिकालपीडित चेपाङका लागि सहयोगार्थ खाद्यान्न संकलन अभियान सुरु गरिएको हो । सहयोग अभियानमा संकलित खाद्यान्न चेपाङ बस्तीका अनिकालग्रस्त परिवारलाई उपलब्ध गराइनेछ ।
खाद्यान्न सहयोग गर्न इच्छुक महानुभावले बागबजारस्थितसौर्य दैनिकको कार्यालयमा उपलब्ध गराउन सक्नुहुनेछ । कार्यालयको टेलिफोन ०१–४२५६८६६ मा सम्पर्क गरेर सिधै खाद्यान्न सहयोग गर्न सकिने पत्रिकाको व्यवस्थापन पक्षले जनाएको छ ।
सौर्य दैनिकको बुधबारको अंकमा ‘चेपाङ बस्तीमा चुलो बल्न छोड्यो’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । अनिकालमा परेका पीडितका अनुसार अन्न सकिएको चार महिना भइसकेको छ । चार दिनसम्म चुलोसमेत बल्दैन । मजदुरी गरेर पनि दुई छाक टार्न नसकिएका बेला उनीहरू गिठाभ्याकुर खोजेर खाई प्राण धान्न विवश छन् ।

प्रतिक्रिया