औपचारिकतामा सीमित उपसमिति

काठमाडौं, १५ चैत । नयाँ संविधानका बिवादित बिषयमा सहमति खोज्न बसेको बिवाद समाधान उपसमितिको बैठक आजपनि औपचारिकतामा मात्रै सीमित भएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा न्यायप्रणालीका बिषयमा सामान्य छलफल भएको एक सदस्यले जनाएका छन् । न्यायप्रणालीका बिषयमा न्यायाधिशहरुसँग मंगलबार भएको छलफल र सुझावहरुका बिषयमा केही सदस्यले धारणा मात्रै राखेका थिए ।

न्यायपालिका अन्तर्गत न्यायाधिशहरुको पुनः नियुक्ति, संवैधानिक अदालतको व्यवस्था, प्रधानन्यायाधिशको समयाबधी लगायतका बिषयमा बिवाद रहेको छ ।

न्यायप्रणालीमा सहमति हुन सक्ने कुनै संकेत नदेखिएपछि अर्को दिन बस्ने गरी बैठक स्थगित भएको हो । शान्ति प्रक्रियामा ठोस निर्णय नहुँदा सम्म संविधानका बिवादित बिषयले पनि पूर्णता पाउन नसक्ने भन्दै कांग्रेस र एमालेले एकीकृत माओवादीलाई दबाव दिदै आएका छन् ।

प्रतिक्रिया