वातावरणमैत्री विकासमा ध्यान दिन आग्रह

काठमाडौ, १५ चैत । प्रधानमन्त्री बावुराम भट्टराईले विकासका लागि बैकल्पिक प्रविधि बारे विश्वले सोच्न जरुरी भएको बताएका छन् ।

राजधानीमा आज भएको  जलवायु परिवर्तन परिषदको बैठकमा भट्टराईले विकासको नीति गलत भएका कारण विश्वले वातावरणको समस्या झेल्नुपरिरहेको बताए । उनले विकासका लागि वातावरण मैत्री प्रविधि प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए ।

जलवायु परिवर्तनको मुद्दा २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुवातमा चर्को रुपमा उठिरहेको बारे सबैले बुझ्नुपर्ने भन्दै उनले विगतमा वातावरणलाई ख्याल नगरी अन्धाधुन्द विकास गर्ने प्रबृतिले यस्तो समस्या आएको बताए ।

प्रतिक्रिया