‘केटीसँगै बिहे गर्नुपरे मरेकै जुनी’

विनीता बराल
(नायिका)

चपली हाइटबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
दर्शकका राम्रा प्रतिक्रिया सोचेभन्दा बढी पाइरहेकी छु । राम्रो काम गरेपछिको मीठो अनुभूति भइरहेछ ।
तपाईंलाई चपली गर्ल भनेर जिस्क्याउछन् रे नि †
मलाई एकदम रमाइलो लाग्छ । मैले गरेको अभिनयकै प्रभावले चपली गर्ल भएकी हु । दर्शकहरूले सधै चपली गर्ल भनिदिए पनि हुन्थ्यो ।
ओस्कार अवार्ड पाए सबैभन्दा पहिला कस्लाई सम्झने ?
मेरो मम्मी (भावना बराल) लाई, जसले मलाई प्रेरणा दिनुभएको छ ।
अनुहारमा दाह्री–जुगा पलाए के गर्नुहुन्छ ?
अलिअलि दाह्री जुगा त छ नै मेरो अनुहारमा । हा…हा… तर पुरुषहरूको जस्तै आयो भनेचाहि लेजर ट्रिटमेन्ट गरिरहन्थे ।
कुनै पार्टीमा हिल लगाउदै पोज दिएर हिड्दा डङग्रङ्गै लड्नुभयो भने ?
एकदमै बोर हुन्छ नि । त्यसपछि त त्यो पार्टीमा किन बसिरहन्थे र † हिडिहाल्छु ।
ब्वाइफ्रेन्डले सधै सारीचोलो मात्रै लगाऊ भने के गर्नुहुन्छ ?
त्यसो भनेदेखि त सधै उसकै लागि भए पनि लगाइदिन्थे । झन्झटचाहि अलि बढी नै हुन्छ ।
हिरोइनको भूमिका कस्तो भएकालाई नारीप्रधान चलचित्र भन्ने ?
सिंगो नारीप्रधान चलचित्र यस्तो हुनपर्छ, जसले समाजमा रहेका नारीहरूको वास्तविक  जीवनबारे बोल्न सकोस् । एउटी नारीले आमा, बुढी, बुहारीलगायत जुनसुकै भूमिका निभाएकी हुन्छे । नारीको भूमिकामा ती सबै कुरा बलियो भए त्यो नारीप्रधान चलचित्र बन्ला ।
कुनै केटीले तपाईंलाई समलिंगी विवाहको प्रस्ताव गरी भने ?
ओहो, त्यो प्रस्ताव त मेरा लागि मरेकै दिन हुनेछ नि ।
एक दिनका लागि रूप परिवर्तन गर्न पाए के बन्ने ?
साहित्यकार तसलिमा नसरिन बन्थे । यति धेरै साहित्य सिर्जना गर्थें कि त्यो मलाई मात्र थाहा छ ।
जनताले प्रधानमन्त्री बन्न आग्रह गरे ?
ओहो, जनताको सशक्त आग्रहलाई कहा त्यसै खेर जान दिन्थे र ? म एकदम साहसी नारी हु । त्यो साहसलाई कुर्सीमा मात्र सीमित राख्दैनथे ।

प्रतिक्रिया