हुंदैछ चमेलियामा चमत्कार (फोटो फिचर)

दार्चुला, १४ चैत । सुदूरपश्चिमको जिल्ला दार्चुलाको विकटतालाई वर्णन गरिरहनु पर्दैन तर त्यही दार्चुलाको शिखर गाविसस्थित बलाचमा पुग्दा चमेलिया जलविद्युत आयोजनाले ल्याएको नया“ चमत्कार देख्न सकिन्छ ।

राजधानीबाट करिब एक हजार किलोमिटर टाढा रहेको चमेलियाको सुरुङ निर्माण, विद्युत गृह निर्माण र बाध निर्माणको तीब्रता हेर्दा दंग पर्न सकिन्छ । अझ सुरुङभित्र छिरेर निर्माण भईरहेको र निर्माण भैसकेको सुरुङ मार्गको अवस्था तथा त्यो निर्माण गर्नका लागि परेको लगानी, संघर्ष, जोखिमता र परिश्रमले सयौ मेघावाट लविद्युतको लाइसेन्स झोलामा हालेर जलविद्युत तुरुन्त बनाउछौ भन्नेहरुलाई व्यंग गरेको छ ।

मजदुरले गरेको परिश्रम र सरकारको तदारुकता तथा स्थानीयको सहयोगका कारण अबको एक बर्षपछि चमेलियाको विद्युत घरघरमा पुग्ने छ ।

चमेलिया जलविद्युत आयोजना पुगेका सौर्य दैनिकका सहकर्मी भीम गौतमले लिएका आयोजना स्थलका दृष्यहरु तस्बिर मार्फत ।

प्रतिक्रिया