‘पेट्रोलियम पदार्थमा पुनः मूल्य बृद्धि’

काठमाडौं, १४ चैत । एक महिनाको अन्तरालमा सरकारले पुनः पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आजैदेखि लागू हुने गरी पेट्रोल, डिजेर र मट्टितेलमा ४ रुपैया वृद्धि गरेको हो ।

वृद्धि भएको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २० रुपियाँ, डिजल र मट्टितेल प्रतिलिटर ८९ रुपियाँ पुगेको छ । निगमले यसअघि गत फागुन ११ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य बृद्धिका लागि गएराति निगम सञ्चालक समितिको बैठक बसेको थियो ।

पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बृद्धि भएपनि खाना पकाउने ग्याँस, हवाई ईन्धनमा भने मूल्य बृद्धि नभएको निगमका प्रवक्ता मुकुन्द ढुङगेलले जनाएका छन् ।

प्रतिक्रिया