शृंखला बराबर

सेन्ट लुसिया : अन्तिम एकदिवसीय खेलमा वेस्टइन्डिजलाई ३० रनले पराजित गर्दै अस्ट्रेलियाले पाँच एकदिवसीय खेलको शृंखला २-२ ले बराबरी गरेको छ । २ सय ८२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज डारेन सामीको सानदार इनिङका बाबजुद ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ५१ रनमा सीमित भयो । नवां क्रममा ब्याटिङ गरेका सामीले ५० बलमा ६ चौका र ६ छक्कासहित ८४ रन जोडेका थिए ।
ब्रेट लीले सुरुआती ३ ओभरमा ३ नै  मेडनसहित २ विकेट लिएपछि वेस्टइन्डिजले ५ रनमा नै दोस्रो विकेट गुमाएको थियो । टोलीको योगफल १ सय १८ रन हुँदा केरोन पोलार्ड आउट भएपछि ब्याटिङ गर्न आएका सामीले एन्ड्रयु रसेलसँग मिलेर आठां विकेटका लागि १ सय १ रनको साझेदारी गरे । रसेलले ३३ बलमा ६ चौकासहित ४१ रन प्रहार गरे । एडि्रयन बाराथले ४२ तथा पोलार्डले ३३ रन जोडे । अस्ट्रेलियाका लीले ३, क्लिन्ट मकाय, डोहार्टी र सेन वाटसनले २-२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ८१ रन जोड्यो । सेन वाटसन र डेविड वार्नरले पहिलो विकेटका लागि १ सय १८ रनको साझेदारी गरे । वार्नरले ६१ बलमा ६९ रन जोडे । यसैगरी, वाटसनले ६६ तथा पिटर फरेस्टले ५३ रन जोडे । वेस्टइन्डिजका रसेलले ४, केमार रोचले ३ तथा सुनील नारायनले २ विकेट लिए । सामी खेलका म्यान अफ द म्याच भए भने केरोन पोलार्ड म्यान अफ द सिरिज भए ।

जयावर्द्धने श्रीलंकालाई सम्हाल्दै
गेल: कप्तान माहेला जयावर्द्धनेले सानदार प्रदर्शन गर्दै  इङल्यान्डविरुद्ध दुई टेस्टम्याचको शृंखलाअन्तर्गत पहिलो म्याचको पहिलो दिन आइतबार श्रीलंकालाई एक्लैले सम्हालेका छन् । दिनको समाप्तिमा श्रीलंका २८९-८ को स्थितिमा रहँदा जयावर्द्धने एक्लैले अविजित १ सय ६८ रन जोडेका छन् ।
एक समय १५-३ को स्थितिमा रहेको आफ्नो टोलीलाई जयावर्द्धनेले चौथो विकेटका लागि थिलन समाराविरा -२०) सँग ५२, पाँचौं विकेटका लागि दिनेश चण्डीमाल -२७) सँग ६१, छैटां विकेटका लागि प्रसन्ना जयावर्द्धने -२३) सँग ४२ रनको साझेदारी गरी उल्लेखनीय उद्धार गरेका हुन् । बलिङतर्फ इङलिस बलरद्वय जेम्स एन्डरसनले ३ तथा समित पटेलले २ विकेट हात पारे ।

प्रतिक्रिया