बझाङमा ठूलो परिमाणमा रक्तचन्दन बरामद

कैलाली, १३ चैत । पछिल्लोपटक रक्तचन्दन तस्करीका लागि बझाङको साइपाल हिमाल ट्रान्जिट प्वाइन्ट बनेको छ । प्रहरीले रिठापाटामा ठूलो परिमाणमा रक्तचन्दन बरामद गर्नुका साथै ६० भन्दा बढी भरियालाई नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
बझाङको साइपाल हिमाल हुदै लुकाइछिपाई तिब्बत लैजान लागेको दुई हजार थान रक्तचन्दन प्रहरीले रिठापाटा–९ बारिल्लछडाको जंगलबाट बरामद गरेको छ । प्रहरी पुगेपछि भागेका ६० भन्दा बढी भरियालाई सोमबार कोटभैरवको थलाराबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद रक्तचन्दनको परिमाणबारे केही बताएको छैन । तर, करिब दुई हजारको संख्यामा कपडामा बेरेर राखिएका रक्तचन्दन प्रहरीले बरामद गरेको हो । साइपाल हिमालको ओढारमा लुकाएर राखिएको रक्तचन्दन तिब्बत लैजाने तयारी भइरहेको थियो । पोलिस्टरको कपडामा बेरी त्रिपालले छोपेर राखिएको रक्तचन्दनको खोलमा तस्करले तौल पनि उल्लेख गरेको एक प्रहरीले बताए । न्यूनतम दस किलोग्रामदेखि पचँस किलोग्रामसम्मको रक्तचन्दन बरामद
भएको छ ।
बझाङका डिएसपी सूर्यबहादुर केसीले भने, ‘रक्तचन्दन र केही भरिया नियन्त्रणमा लिएका छौ“,’ उनले थपे, ‘अनुसन्धान भइरहेकाले विस्तृत विवरण मंगलबार दिनेछौ ।’
केही महिनायता साइपाल हिमालको नाका हुदै तिब्बततिर रक्तचन्दन चोरीनिकासी बढेको छ । तस्करले रक्तचन्दन ओसारपसार गरिरहेको सुराकीका आधारमा प्रहरीको टोली परिचालन गरिएको र ठूलो परिमाणका रक्तचन्दन बरामद गर्न सफल भएको बझाङका सिडिओ शिवप्रसाद नेपालले बताए । उनले यसका लागि डोटीबाट दंगा प्रहरी मगाएर बझाङ र डोटीमा ५० जनाको टोली संयुक्त रूपमा परिचालन गरिएको बताए । प्रहरी पुगेपछि भागेका भरियालाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी केसीले बताए ।
सिन्धुपाल्चोकको तातोपानी नाकामा चेकजाचमा कडाइ हुन थालेपछि रक्तचन्दनको निकासीका लागि गएको साउनयता साइपाल हिमालको नाका प्रयोग हुदै आएको हो । रक्तचन्दन चोरीनिकासीमा बझाङका केही ठेकेदारको मिलेमतो र राजनीतिक दलका नेताको संलग्नता रहेको स्थानीय प्रहरी प्रशासनको आशंका छ । काठमाडौका कारोबारीले स्थानीय ठेकेदार र दलका नेता हातमा लिएर रक्तचन्दन साइपाल हिमाल हुदै तिब्बत निकासी थालेका हुन् ।
भौगालिक बनावट र प्रहरी जनशक्ति अभावमा रक्तचन्दनका तस्करलाई साइपाल हिमाल उपयुक्त नाका भएको हो । तर, यसपटक दुई जिल्लाबाट प्रहरी परिचालन गरेकाले रक्तचन्दन बरामद भएको हो । भारतको झुलाघाटबाट बैतडी, दार्चुला हु“दै साइपाल हिमाल नाकाबाट तिब्बतमा रक्तचन्दन चोरीनिकासी हुने गरेको बताइएको छ । भारतबाटै सजिलै ल्याएर तिब्बत भित्राउन सकिने भएकाले यो नाका हु“दै पहिला पनि प्रतिबन्धित जडीबुटी तिब्बतमा चोरीनिकासी हुदै आएको थियो ।

प्रतिक्रिया