शान्ति प्रक्रिया बुझाईमा फरक छः दाहाल

काठमाडौं, १३ चैत । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया पूर्ण रुपमा टुङगिन अझै तीन चार बर्ष लाग्ने बताएका छन् ।

शान्ति र संविधानका लाग युवा सभासदहरुको दबाव टोलीसँग आज राजधानीमा भएको भेटघाटका क्रममा दाहालले शान्ति प्रक्रियाको बुझाईमा दलहरुका बीच असमानता रहेको बताए ।

उनले शान्ति प्रक्रियाको एउटा अङग सेना समायोजनको बिषय मात्रै केही हप्ता भित्र टुङगिने बताए ।

शान्ति प्रक्रियाका अन्य बिषय समग्रमा सक्किन अझै केही बर्ष लाग्ने दाहालको भनाई छ । उनले भने, ‘शान्ति प्रक्रियाका बिषयमा हामी बीच बुझाई फरक छ ।

पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना हुने बताएका माओवादी अध्यक्ष दाहालले तत्काल जातीय राज्यमा जान नसक्ने संकेत गरे ।

भेटमा सहभागी एमाले सभासद रविन्द्र अधिकारीका अनुसार दाहालले पहिचा र सामथ्र्यका आधारमा संघीयता बनाउने बताए ।

तोकिएकै समयमा संविधान जारी गर्ने तयारी भएको अध्यक्ष दाहालको भनाई छ । उनले लोकतान्त्रिक संघीय गणतन्त्र सहितको संविधान आउनेमा आशंका नगर्न भने छन् । संविधानका बिवादित बिषय टुङगिने क्रममा रहको दाहालको भनाई छ ।

शान्ति र संविधान समयमा पुरा गर्न दबाव दिदै आएका बिभिन्न दलका युवा सभासद सहभागी टोलीले यस अघि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्री बाबुराम भट्टराई, संवैधानिक समितिका सभापति नीलाम्बर आर्चाय, एमाले अध्यक्ष झलनाथ खनाललगायतसँग भेट गरिसकेको छ ।

प्रतिक्रिया