आन्तरिक छलफल गर्ने भन्दै बैठक स्थगित

काठमाडौं, १३ चैत । एकीकृत माओवादीको केन्द्रीय समिति बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ ।

असन्तुष्ट पक्ष बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले बहिष्कारको चेतावनी दिएपछि संस्थापन पक्षले बैठक स्थगित गरेको हो । अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेपछि केन्द्रीय समिति स्थगित गर्नु भएको एक नेताले जनाएका छन् ।

अध्यक्ष दाहालले उपाध्यक्ष भट्टराई तथा केही आफू पक्षीय नेताहरुसँग राजधानीमा परामर्श गर्नुभएको थियो । बैद्य समूह आन्दोलनमा उत्रिए पछि संस्थापन पक्षलाई समस्या भएको छ ।

प्रतिक्रिया