‘मन्त्री यादवमाथि आक्रमण’

काठमाडौं, १३ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक बिषयमा छलफल गर्न बसेको सत्तारुढ मधेसी जनअधिकार फोरम गणतान्त्रिकको संसदीय दलको बैठकमा निलम्वित सभासद बिपी यादवले बिनाविभागीय मन्त्री राजलाल यादव माथी आक्रमण गरेका छन् ।

सिंहदरबारमा बसेको फोरम गणतान्त्रिकको दलको बैठकमा निलम्वित सभासद यादवले बिनाविभागीय मन्त्री यादवको सर्टको कठालोमा पक्राउ गरेर कुटपिट गरेका हुन् ।

‘बैठक चलिरहेको थियो बिपी यादवले मेरो कठालो पकडेर हातपात गरे’, बिनाविभागीय मन्त्री यादवले भने, ‘बिपीले कुर्सीले पनि हान्न खोजेका थिए ।’

कृषि मन्त्री तथा सभासद नन्दनकुमार दत्तलाई बिपी यादवले पहिला आक्रमणको प्रयास गरेका थिए । उनलाई छुटाउने क्रममा बिनाविभागीय मन्त्री यादव बिपीको फन्दामा परेको प्रत्यक्षदर्शी अन्य सभासदले बताएका छन् ।

संसदीय दलको सचिव समेत रहेका बिनाविभागीय मन्त्री यादव आफू कार्यबाहक अध्यक्ष बन्न पाउनुपर्ने तथा संसदीय दलको नेताका लागि दाबी गर्न थालेपछि आक्रमण गर्न बाध्य भएको बिपी यादवको भनाई छ ।

उनले बिनाबिभागीय मन्त्री यादव धेरै बोल्न थालेपछि सामान्य झम्टाझम्टी भएको दाबी गरे ।

प्रतिक्रिया