तेल उत्खनन नगर्न भारतलाई चीनको चेतावनी

बेइजिङ, ११ चैत । चीन र भियतनाम दुवैले स्वामित्व दाबी गर्दै आएको दक्षिण चिनिया“ सागर (साउथ चाइना सी) को विवादित जलक्षेत्रमा तेल उत्खनन नगर्न चीनले भारतलाई चेतावनी दिएको छ । तेल उत्खनन कार्यबाट हात झिकी सो क्षेत्रको ‘शान्ति र स्थिरता’ सुनिश्चित गर्न भारतलाई चीनले सुझाएको छ ।
‘यो जलक्षेत्र विवादित छ । विवादित क्षेत्रमा तेल उत्खनन गर्दा भारतको भलो हुन्छ जस्तो मलाई लाग्दैन,’ चिनिया विदेश मन्त्रालयको एसिया विभागका उपमहानिर्देशक सन विडोङ्गको भनाइ उद्धृत गर्दै इन्डिया टुडेको अनलाइन संस्करण आइतबार जनाएको छ ।
दक्षिण चिनिया समुद्रका टापुहरूको सार्वभौमिकतासम्बन्धी विवाद नसुल्झिएसम्म तेल उत्खनन कार्यमा संलग्न नहुन उनले भारतलाई सुझाब दिए । ‘दक्षिण चिनिया समुद्रको विवादमा भारत संलग्न हुदैन भन्ने हाम्रो मान्यता छ । यस क्षेत्रमा शान्ति र स्थिरता बहालीका लागि भारतले अधिकतम प्रयत्न गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ चीन भ्रमणमा रहेका भारतीय सञ्चारकर्मीसगको कुराकानीमा उनले भने । भारत र भियतनामबीच गत अक्टोबरमा दक्षिण चिनिया समुद्रमा संयुक्त रूपले तेल उत्खनन परियोजना सञ्चालन गर्ने सहमति भएको थियो । चीनको बाह्य सुरक्षासग प्रत्यक्ष सरोकार राख्ने चिनिया“ समुद्रमा भारतको संलग्नतालाई चीनले आशङ्कापूर्वक हेरेको छ । तर, भारतले भने विशुद्ध व्यापारिक ध्येयका साथ भियतनामसग परियोजना सञ्चालन गर्ने सहमति गरेको दाबी गर्दै आएको छ ।
भारतीय सञ्चारकर्मीहरूले ‘चीनले पाकिस्तान नियन्त्रीत काश्मिरको पूर्वाधार निर्माणकार्यमा संलग्न हुन पाउने, भारतले चाहि भियतनामसग मिलेर दक्षिण चिनिया समुद्रमा परियोजना सञ्चालन गर्न किन नपाउने ?’ भनी सहायकमहानिर्देशक सनसग प्रश्न गरेका थिए । जवाफमा सनले यी दुई नितान्त भिन्न विषय भएको भन्दै काश्मिर विवाद भारत र पाकिस्तानबीचको द्विपक्षीय छलफलबाट टुङ्गिनुपर्छ भन्ने चीनको मान्यता रहेको जवाफ दिएका थिए । (एजेन्सी)

प्रतिक्रिया