नियमित यौनसम्पर्कले स्वास्थ्यलाई फाइदा

 नियमित यौनसम्पर्क राख्ने जोडीलाई खुसीको खबर– यो स्वास्थ्यका लागि फाइदाजनक छ । हालै सार्वजनिक गरिएको एक अनुसन्धानको नतिजाले यस्तो बताएको हो । अनुसन्धानले पुष्टि गरेअनुसार नियमित यौनसम्पर्क गर्ने जोडीमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुने देखिन्छ । यौनसम्पर्कले शरीरमा टेस्टोस्टेरोन मात्रा बढ्ने वैज्ञानिकहरू बताउ“छन् । टेस्टोस्टेरोनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनाका साथै मुटुसम्बन्धी रोगको जोखिम कम गराउछ । मुटरोगको जोखिम बढी हुने भएकाले महिलाको तुलनामा पुरुषले यौनसम्पर्कबाट अझ बढी लाभ लिन सक्ने देखिन्छ । यौनसम्पर्कले शरीरमा चिनीको मात्रा कम गर्ने र मधुमेह रोगीलाई अझ फाइदा पुग्ने अनुसन्धानकर्ताको दाबी छ । यद्यपि, त्यो यौनसम्पर्क स्वस्थ हुन भने जरुरी छ ।
नियमित यौनसम्पर्कले जोडीलाई शारीरिक मात्र होइन मानसिक लाभ पनि दिलाउछ । यसका लागि दुवै पक्ष इमानदार हुनुपर्नेमा विज्ञहरू जोड दिन्छन् । उनीहरूका अनुसार मानसिक त्रासमा रहेर गरिएको यौनसम्पर्कले चाहि व्यक्तिलाई हानि गर्छ । एकभन्दा बढी साथीस“ग यौनसम्बन्ध राख्नेलाई मानसिक तनाब तथा हीनभावनाले सताउने गरेको पाइन्छ । यस्तो तनाबले यौनसम्पर्क भए नै पनि टेस्टोस्टेरोनको उत्पादन कम हुन जान्छ, व्यक्ति त्यसको फाइदा लिनबाट चुक्छ । धेरै व्यक्तिसग यौनसम्पर्क गर्नेलाई यौनरोग सङ्क्रमणको खतरा पनि उत्तिकै रहन्छ ।
त्यस्तै एक अर्को अध्ययनले बिहानको समयमा गरिने यौनसम्पर्कले शरीरमा ताजगी ल्याउने देखाएको छ । साथै हृदयघात, रक्तचाप, बाथ, माइग्रेनजस्ता समस्याबाट पनि छुटकारा दिलाउछ । बेलायतको क्विन्स युनिभर्सिटीमा गरिएको अध्ययन–अनुसन्धानअनुसार बिहानको यौनसम्पर्कमा तीन सय क्यालोरी खर्च हुन्छ । यो हुनु भनेको मधुमेहको खतरा टर्नु हो ।
नियमित यौनसम्पर्कले शुक्रकीटको गुणस्तरमा सुधार तथा प्रजननक्षमतामा समेत वृद्धि हुने एक अर्को अनुसन्धानले देखाइसकेको छ । यसअनुसार धेरैजसो पुरुषमा शुक्रकीटको डिएनएमा हुने क्षतिलाई नियमित र स्वस्थ यौनसम्पर्कले हटाउने गर्छ । मोटोपनका रोगीलाई पनि राहत दिन्छ ।

प्रतिक्रिया