यौनदृश्यमा टक्कर

काठमाडौँ : नायिका शशि खड्का चलचित्र चन्द्रावतीका निर्देशक राजु गिरीविरुद्ध मुद्दा हाल्ने तयारीमा लागेकी छन् । चलचित्रको एउटा यौनदृश्य निर्देशक गिरीले हटाउन नमानेपछि विवाद सुरु भएको हो ।
उक्त विवादित दृश्यमा नायक आयुष रिजाल र शशिबीच दुई मिनेट लामो यौनदृश्य रहेको बताइन्छ । छायाङ्कनकै बेलामा पनि सो सिनबारे आफूले विवाद गर्नुपरेको शशिले बताइन् । ‘मैले स्त्रिप्टमै नरहेको त्यो सिन गर्दिनँ भनेकी थिएँ । तर, निर्देशकले यो सिन नराम्रो हुँदैन, सम्पादन भइसकेपछि एकपटक तिमीलाई देखाउँला, तिमीलाई चित्त बुझेन भने हटाइदिउँला भन्नुभएको थियो,’ शशि भन्छिन्, ‘यही सर्तमा त्यतिबेला त्यो सिन दिएकी हुँ । तर, मेरो अनुमतिबिना सरासर चलचित्रमा राख्न खोज्नु आपत्तिजनक छ ।’
निर्देशक गिरी भने नायिकालाई दिइएको स्त्रिmप्टमै उक्त सिन उल्लेख रहेको दाबी गर्छन् । ‘आरोप सरासर झुटो हो, स्त्रिप्टमा नभएको सिन खिचाएको भए उति बेलै प्रतिकार गर्नुपथ्र्यो, अहिले आएर
किन ?’ गिरीले भने । शशिचाहिँ छायाङ्कन सिद्धिएपछि एक सिन बाँकी छ भन्दै स्कृप्टबाहिरको सिन खिचाएको बताउँछिन् । ‘अहिले आएर यस्तो गर्ने मनसाय रहेछ र त त्यो सिनबेगरको स्त्रिmप्ट दिएका रहेछन्, झुक्याएर खिचिएको त्यो सिन कुनै हालतमा चलचित्रमा राख्न दिन्नँ,’ शशिले भनिन् ।
‘दिने बेलामा सिन दिने अनि अहिले चर्चाको विषय बनेपछिचाहिँ विवाद गर्नुको के अर्थ, यो त प्रोफेसनालिज्म नै भएन नि,’ निर्देशक गिरीले भने ।
दुवै आ-आफ्ना अडानमा अडिग छन् । शशि भन्छिन्, ‘त्यो दृश्य नहटाए जस्तोसुकै एक्सन लिन परे पनि पछि हट्दिनँ ।’ गिरी भन्छन्, ‘स्पष्ट भए हुन्छ, कुनै हालतमा
त्यो सिन हटाउँदिनँ ।’ चलचित्र प्रदर्शनमा आउन बाँकी छ ।

प्रतिक्रिया