एनजिओको कार्यक्रममा मन्त्री र सभासद्को ओइरो

महेन्द्रनगर, १२ चैत । संविधानसभाको म्याद गुज्रदै गर्दा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने मन्त्री तथा आधा दर्जन सभासद् गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुन महेन्द्रनगर आइपुगेका छन् । टोलीमा काठमाडौ नछोड्नू भनेर ह्विप जारी गर्ने नेकपा (एमाले)का सभासद् पनि छन् भने नेपाली कांग्रेसका सभासद् पनि छन् ।
वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित आधा दर्जनभन्दा बढी सभासद् एक्सन एड नेपालको सहयोगमा स्थानीय गैरसरकारी संस्थाले गरेको कार्यक्रममा सहभागी हुन आएका हुन् । एक्सन एड, स्थानीय विकास मञ्च (फोल्ड) र एफआइएनले आयोजना गरेको महाकाली नदीको तटीय क्षेत्रका जनताको न्यायोचित हकसम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी भएका हुन् । सम्मेलनमा मन्त्री भट्टका अलावा लक्ष्मणदत्त जोशी, टिकेन्द्र भट्ट, रेणु चन्द, हरिश ठकुल्ला, देवीलाल चौधरी, नेपाली कांग्रेसका रमेश लेखक र नेकपा (एमाले)का हर्कबहादुर सिंह सहभागी थिए ।
एमाओवादी सभासद् पुरन राना काठमाडौबाट आए पनि कार्यक्रममा सहभागी भएनन् । यस्तै, एमाओवादीकै सभासद् लीला भण्डारीले अन्त्यमा कार्यक्रममा नआउने बताएको आयोजकले जनाएको छ । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उनका पत्नी एवं सभाससद् आरजु देउवा पनि कार्यक्रममा आएनन् ।
१४ जेठको समयसीमालाई मध्यनजर गरी संविधान निर्माणका कामकाज प्रभावित नपार्न काठमाडौमै बस्नुपर्ने अवस्थामा एकसाथ ठूलो सङ्ख्यामा मन्त्री तथा ठूला पार्टीका सभासद्ले काठमाडौ छाडेका हुन् । संविधान सभाका कामकाज प्रभावित हुने भन्दै दलका सभासद्लाई बाहिर नजाने ह्विप जारी गरेको एमालेका सभासद् सिंह पूर्वगृहमन्त्री भीम रावलको सट्टामा कार्यक्रममा आएका हुन् । उनी डोटीबाट संविधान सभाबाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।
गैर सरकारी संस्थाको कार्यक्रममा भाग लिन विदेश जाने सभासद् टोलीको चर्को आलोचना भएपछि रावललगायतले भ्रमण स्थगित गरेका थिए । कार्यक्रममा
सहभागी काग्रेस सभासद् लेखक विवाद समाधान उपसमितिका सदस्य हुन् । वाणिज्य तथा आपूर्तिमन्त्री भट्टबाहेक सबै सभासद् आयोजकको खर्चमा कार्यक्रममा आएका हुन् । मन्त्री भट्ट आङ्खनै खर्चमा काठमाडौबाट नेपालगन्जसम्म हेलिकोप्टरमा आएका थिए ।
कार्यक्रममा आएका सबै सभासद्को हवाई भाडा, खाना खर्च आयोजकले बेहोरेको हो । आयोजक स्थानीय विकास मञ्च (फोल्ड) को ३७ हजार रुपिया तथा अर्को आयोजक एफआइएनले सभासद्का लागि ५० हजार रुपिया आवतजावतमा खर्च गरेका छन् । फोल्डका अध्यक्ष ऋषिराज लुम्सालीले दुवै संस्थाले संयुक्त रूपमा सभासद्लाई आवतजावतका लागि खर्च जुटाएको बताए । आपूर्तिमन्त्री भट्ट कार्यक्रममा आङ्खनो मन्तव्य राखेर गृहजिल्ला फर्किएका छन् भने अन्य सभासद् सोमबार काठमाडौ फर्कदै छन् ।
संविधानसभा छाडेर आयोजकका खर्चमा आएका मन्त्री तथा सभासद्ले राष्ट्रिय महत्वको महाकाली नदीको पानी न्यायोचित बा“डफा“डसम्बन्धी कार्यक्रमलाई भने थोरै
समय दिए । वाणिज्यमन्त्री भट्ट आङ्खनो निर्वाचन क्षेत्रमा कार्यक्रममा लागि अत्तरिया गए भने कांग्रेस सभासद् लेखक दोधारा–चा“दनीको कार्यक्रममा सहभागी भए । कञ्चनपुर क्षेत्र नम्बर ४ का उम्मेदवारलाई चुनाव जित्न दोधारा र चादनी क्षेत्र निर्णायक हुने गर्छ ।
बैतडीका सभासद् चन्द, दार्चुलाका जोशी, डोटीका सिंह र कञ्चनपुरका चौधरी, भट्ट तथा ठकुल्ला भने कार्यक्रम अवधिभर सहभागी थिए । संविधान बनाउने काम अलपत्र पारेर गैरसरकारी संस्थाका कार्यक्रममा आउने सभासद्प्रति सहभागीले पनि कटाक्ष गरे । ‘आगामी जेठमा पनि संविधानसभाको म्याद थपेर यस्तै कार्यक्रममा सहभागी हुने सभासद्को इच्छा देखिन्छ,’ एक सहभागीले भने, ‘सुदूरपश्चिमबाट सभासद्को त्यो कामना पूरा होस् ।’

प्रतिक्रिया